आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • बडिमालिका
  • समता स्कुलले मनायो छैटौँ बार्षिक उत्सव

समता स्कुलले मनायो छैटौँ बार्षिक उत्सव

  • शनिबार, फाल्गुन १२, २०८०
समता स्कुलले मनायो छैटौँ बार्षिक उत्सव

बाजुरा– बाजुराको सदरमुकाम मार्तडीमा रहेको समता स्कुलले आफ्नो छैटौँ बार्षिक उत्सव तथा अभिभावक भेला विविध कार्यक्रम गरेर भव्यताका साथ मनाएको छ । समता एजुकेशन फाउण्डेशन काठमाडौंद्धारा सञ्चालित समता स्कुल बाजुरा शाखाले छैटौँ बार्षिक उत्सव विविध शैक्षिक तथा सांस्कृतिक कार्यक्रम गरेर मनाएको हो । शनिवार विद्यालयको प्रांगणमा भएको कार्यक्रमको औपचारिक रुपमा बडिमालिका नगरपालिका नगर प्रमुख अमर बहादुर खड्काले उद्घाटन गरेका हुन् ।

कार्यक्रममा शैक्षिक तथा सांस्कृतिक नृत्य, नाच लगायत विद्यार्थीमा रहेको अन्तर्निहित प्रतिभाहरु प्रर्दशन गरेको स्कुलले जनाएको छ । उक्त कार्यक्रममा बोल्दै स्कुल विकास समिति अध्यक्ष टेक बहादुर थापाले बालवालिकामा रहेका प्रतिभा प्रस्फुटन गर्न अवसर दिने यस्ता कार्यक्रमले उनीहरुको सर्वाङगिण विकासमा महत्वपूण सहयोग पुग्ने बताए । बालवालिकाको भविष्य भनेका अभिभावक नै भएकाले थौर भएपनि लगानी गरेर स्कुलको शैक्षिक गतिविधि सञ्चालनमा साथ सपोट र योगदान दिन सधैं तत्पर रहनुपर्ने उनले बताएका छन् ।

समता स्कुलको छैटौँ बार्षिक उत्सव तथा अभिभावक भेला कार्यक्रममा बोल्दै प्रिन्सिपल दिपेन्द्र रोकायाले विद्यार्थीहरुमा रहेका अन्र्तनिहित प्रतिभा प्रस्फुटन गर्न स्कुलले विभिन्न समयमा यस्ता कार्यक्रम गरिरहेको बताएका छन् । विद्यार्थीका प्रतिभा क्षमता र विविधता पहिचान गरेर विद्यार्थीहरुलाई प्रतिभामुखी बनाउन स्कुलले हरेक समयमा कार्यक्रमलाई निरन्तरता दिइरहेको प्रिन्सिपल रोकायाले बताए । त्यस्तै समता एजुकेशन फाउण्डेशनका संस्थापक अध्यक्ष दिपक संजेलले समता स्कुल कम शुल्कमा गुणस्तरिय शिक्षा दिन सफल भएको बताएका छन् ।
स्कुलमा आर्थिक तथा भौतिक उपलब्धताको समस्या हुँदा हुदैँपनि गुणस्तरीय शिक्षा दिरहेको बताए । अहिले कक्षा ५ सम्म अध्यापन गराई रहेको समता स्कुलको विकासका लागि यँहाको स्थानिय तह र जनसमुदायको सहयोग रहयो भने अबको केहि बर्षपछि कक्षा १२ सम्म सञ्चालन गर्ने योजना रहेको अध्यक्ष संजेलले बताए ।

आर्थिक समस्याले बन्द हुने अवस्थामा पुगेको समता स्कुल बडिमालिका नगरपालिकाको सहयोग पछि अहिलेसम्म सञ्चालन भइरहेको भन्दै नगर प्रमुख अमर खड्का सहित पालिकालाई धन्यवाद ज्ञापन गरेका छन् । आफ्नै स्कुल हो भनेर सबैले सहयोग गर्यौ भने राम्रो भवन निर्माण गरेर दुई बर्ष पछि करिब ७ सयबढि बिद्यार्थीहरुलाई कम शुल्कमा गुणस्तरिय शिक्षा प्रदान गर्ने लक्ष्य रहेको बताए । त्यसैगरि बडिमालिका नगरपालिकाका नगर प्रमुख अमर बहादुर खड्काले समता स्कुलले सस्तो सुलभ शुल्कमा गुणस्तरिय शिक्षा प्रदान गरिरहेकाले यसको विकासका लागि आफू र नगरपालिका सदैव सहयोगका लागि तत्पर रहेको बताएका छन् । समता स्कुलमा अहिले ३ सय ५० जना बिद्यार्थी अध्ययन गरिरहेका विद्यालयले जनाएको छ । समतामा बर्षनी बिद्यार्थीको चाप बढ्दै गइरहकाले ठुलो भवन नहुँदा विद्यार्थी भर्ना गर्न पनि समस्या भइरहेको जनाएको छ ।

No description available.

समता स्कुलका प्रिन्सिपल दिपेन्द्र रोकायाको अध्यक्षतामा सुरु भएको छैटौँ बार्षिक उत्सव तथा अभिभावक भेला कार्यक्रममा प्रमुख अथिति बडिमालिका नगरपालिका नगरप्रमुख अमर बहादुर खड्का रहेका थिए । त्यस्तै बिशिष्ट अथितिमा समता एजुकेशन फाउण्डेशनका संस्थापक अध्यक्ष दिपक संजेल, कार्यकारी निर्देशक सुदर्शन पौडेल, बडिमालिका नगरपालिका प्रमुख प्रसाशकिय अधिकृत बम बहादुर केशी, बडिमालिका ९ का वडा अध्यक्ष सूर्यकिरण विक, समता स्कुल विकास समिति अध्यक्ष टेक बहादुर थापा, शिक्षक विद्यार्थी अभिभावक लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन समता स्कुलका पुर्व प्रिन्सिपल धर्म कार्कीले गरेका थिए ।

 

चर्चामा

सम्बन्धित समाचार