मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुरा र अछाम जिल्ला जोड्ने चौखुट्टे र सेती राजमार्ग सडक खण्डका मोडहरूमा ऐना जडान हुँदै

बाजुरा र अछाम जिल्ला जोड्ने चौखुट्टे र सेती राजमार्ग सडक खण्डका मोडहरूमा ऐना जडान हुँदै

  • शनिबार, फाल्गुन १२, २०८०
बाजुरा र अछाम जिल्ला जोड्ने चौखुट्टे र सेती राजमार्ग सडक खण्डका मोडहरूमा ऐना जडान हुँदै

बाजुरा–  सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने महाकाली राजमार्ग, डोटी, अछाम र बाजुरा जोड्ने सेती राजमार्ग तथा बाजुरा र अछाम जिल्ला जोड्ने चौखुट्टे सडक खण्डका मोडहरूमा ऐना जडान हुँदैछ। मोडहरूमा जडान गरिएका ऐनाका कारण विपरीत दिशाबाट आएका सवारी देखिने र दुर्घटना कम हुने अपेक्षा गरिएको छ। एउटा ऐना जडानका लागि कम्तीमा १४ हजारसम्म खर्च हुँदैछ।

सडक डिभिजन कार्यालय, कुलपाते डोटीले गत आर्थिक वर्ष २०७९/८० मा सेती राजमार्ग क्षेत्रका मोडहरूमा १६ वटा ऐना जडान गरेको थियो। डडेल्धुराको स्याउलेदेखि डोटीको सिलगढी क्षेत्रका मोडहरूमा ऐना जडान गरिएको हो। डडेलधुराको रडुवा खोला क्षेत्रका ठुला मोडहरूमा दुर्घटना न्यूनीकरण गर्न भन्दै सरकारले ऐना जडान गरेको छ। डडेल्धुराको स्याउलेदेखि डोटीको सिलगढीसम्मको सेती राजमार्गमा गत आर्थिक वर्षमा ऐना जडान गरिएको थियो। सडक डिभिजन कार्यालय, कुलपाते डोटीका सूचना अधिकारी रामचन्द्र जोशीले गत आर्थिक वर्षमा डडेल्धुरा र डोटी क्षेत्रमा ऐना जडान गरिएको बताए। उनले भने, ‘गत वर्ष १६ वटा लगाएको हो। गत वर्ष सेती राजमार्गमा हो। डडेल्धुरादेखि सिलगढी ६५ किलोमिटरमा ऐना जडान गरेका थियौ।’

गत आर्थिक वर्ष २०७९/८० मा सेती लोकमार्ग क्षेत्रमा १६ वटा ऐना जडान गरेको सडक डिभिजन कार्यालयले चालु आर्थिक वर्षमा थप ८६ वटा ऐना जडान गर्दैछ। कैलालीको फल्टुडेदेखि डोटी, डडेल्धुरा क्षेत्रको महाकाली राजमार्ग, डडेल्धुराको स्याउले हुँदै डोटीको सिलगढीसम्मको राजमार्ग र डोटीको सिलगढीदेखि अछामको चौखुट्टेसम्म चालु आर्थिक वर्षमा ऐनाहरू जडान गरिने भएको हो।

ऐना जडानका लागि सडक डिभिजन कार्यालय, डोटीले १३ लाख रुपैयाँ खर्च गर्दैछ। सडक डिभिजन कार्यालय, डोटीका इन्जिनियर ज्ञानकुमार रामले ८६ वटा ऐना जडान गर्ने बताए। ‘आवश्यकताका आधारमा ऐना राख्दैछौ,’ उनले भने। महाकाली राजमार्ग क्षेत्रका मोडहरू सुधारको कार्यक्रम भएपनि सेती लोकमार्गका मोडहरू सुधार गरिएका छैनन्। तर, रडुवा क्षेत्रको सडक मर्मतको काम भने जारी छ। दुर्घटना र पहिरो जाने क्षेत्रमा सडक मर्मत थालिएको छ।

चर्चामा

सम्बन्धित समाचार