• होमपेज
  • बाजुरा बिशेष
  • केपी बा स्पोर्टस क्लबको स्थापना दिवसमा आयोजित वक्तृत्वकला प्रतियोगिता सम्पन्न

केपी बा स्पोर्टस क्लबको स्थापना दिवसमा आयोजित वक्तृत्वकला प्रतियोगिता सम्पन्न

  • शुक्रबार, फाल्गुन ११, २०८०
केपी बा स्पोर्टस क्लबको स्थापना दिवसमा आयोजित वक्तृत्वकला प्रतियोगिता सम्पन्न

बाजुरा —केपी बा स्पोर्टस क्लब बाजुराले खुल्ला वक्तृत्वकला प्रतियोगिता सञ्चालन गर्दै आफ्नो तेस्रो स्थापना दिवस मनाएको छ । आफ्नो स्थापना दिवस तथा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको जन्म दिनको अवसर पार्दै प्रतियोगिताको आयोजना गरेको हो ।

विद्यार्थीको वौद्धिक क्षमता अभिवृद्धि गर्ने उदेश्यले विद्यालय स्तरीय वक्तृत्वकला योजना गरिएको क्लबका अध्यक्ष लक्ष्मण रोकायाले बताएका छन् । ओलीले आफू प्रधानमन्त्री हुँदा राष्ट्रिय आकांक्षा संवोधन गर्न ‘समृद्ध नेपाल, सुखी नेपाली’ को विकास अवधारणा सुरु गरेका थिए ।

शुक्रबार स्थापना दिवसको अवसरमा जिल्ला सदरमुकाम मार्तडी स्थित मालिका नमुना माविमा खुल्ला बक्तित्वकला प्रतियोगिता कार्यक्रम गरेको केपी बा स्पोर्टस क्लबले जनाएको छ । “सुखी नेपाली समृद्ध नेपालको सपना र सार्थकता” बिषयमा प्रतियोगिता गरेको केपी बा स्पोर्टस क्लबका अध्यक्ष रोकायाले बताएका छन् ।

उक्त प्रतियोगितामा १८ जना विद्यार्थीहरुले भाग लिएका थियो । जसमा प्रथम नबराज उपाध्याय, द्धितीय किरण कुमार खड्का, तृतीय सरिता थापा र शान्तोना महेश नेपाली भएका छन् । उनिहरुलाई नगद, स्टेशनरी सामग्रीले पुरस्कृत सहित सम्मान गरेको अध्यक्ष रोकायाले बताए ।

केपी बा स्पोर्टस क्लबका अध्यक्ष लक्ष्मण रोकायाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख अथिति नेकपा एमाले बाजुराका अध्यक्ष भरत थापा प्रमुख अथिति रहेका थिए । अथितिमा मालिका माविका विव्यस अध्यक्ष काशी विक, प्रार्चाय शुभराज पाध्याय, बडिमालिका नगरपालिका नगर प्रमुख अमर खड्का, बुढिनन्दाका नगर प्रमुख जनक बोहरा, शिक्षक बिद्यार्थी लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन प्रेम नेपालीले गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार