आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • कला /साहित्य
  • जब संसद भित्र नेताको बबाल हुन्छ

जब संसद भित्र नेताको बबाल हुन्छ

  • शुक्रबार, फाल्गुन ११, २०८०
जब संसद भित्र नेताको बबाल हुन्छ

जब संसद भित्र नेताको बबाल हुन्छन्,
सम्झिनुहोस् देशमा धेरै सवाल हुन्छन्।

असमान सन्धिको बिरोधी आवरणमा,
त्यो भित्र लुकेका विदेशी जाल हुँन्छन्।

आज पनि भोकै सुतेछन् राजधानीमा
कयौँको सिरानीमा रित्ता थाल हुन्छन्।

सोझा छन् तर मुर्ख भने छैनन् जनता,
कुन्दिन् यो कालको पनि काल हुन्छन्।

धेरैछन् क्रान्तिको नारामा पलेका यहाँ,
जो घरिघरी उनै क्रान्तिका ढाल हुन्छन्।

अल्छिहरू हुन्छन् पेसेवर पेसाकै लागि,
बिचार मुखि व्यवहारमा कङ्गाल हुन्छन्।

मित्रले नेपाली आइडीमै सिम देने भयो,
मख्ख नपरौँ यसैमा कयौँ चाल हुन्छन्।

चर्चामा

सम्बन्धित समाचार