सोमवार, जेष्ठ १४, २०८१
  • होमपेज
  • समाज
  • बाजुराका बसन्त उपचार खर्च नपाएर बीरअस्पतालको शैयामा छटपटाउदै

बाजुराका बसन्त उपचार खर्च नपाएर बीरअस्पतालको शैयामा छटपटाउदै

  • शुक्रबार, फाल्गुन ११, २०८०
बाजुराका बसन्त उपचार खर्च नपाएर बीरअस्पतालको शैयामा छटपटाउदै

बाजुरा– बुढिगङ्गा नगरपालिका वडा नम्बर ३ बसालीका १७ बर्षिया बसन्त सेराला उपचार खर्च नपाएर बीरअस्पतालको शैयामा छटपटाई रहेका छन । नशा सम्बन्धी समस्या भएर बाजुराबाट काठमाण्डौ लगिएका सेरालाको उपचार गर्ने पैसा नुहदा ४ दिन देखी अस्पतालको शैयामा रहेका छन । उनि बीर अस्पतालकाे न्यूराे वार्डमा मृत्यू स‌ग लडिरहेका छन ।

सेरालाको मस्तिष्कमा एकाएक समस्या भइ उपचारका लागि काठमाडौ वीर अस्पतालमा लगिएको आफन्तले बताए । उपचारमा लाग्ने खर्च ठुलो रकम लाग्ने भएकोले आर्थिक अभाव हुँदा उपचारमा समस्या भएको बिरामी आफन्त कृष्टल सेरालाले बताए । बिरामी सेरालाको पारिवारिक आर्थिक अबस्था कमजोर भइ उपचारमा समस्या भएको बिरामीका आफन्तले बताए ।

उपचारकै क्रममा साढे ३ लाख लागिसकेको र अव थप उपचारमा समस्या भएको बिरामीका दाजु कृष्टल सेरालाले बडीमालिका खवरलाई बताएका छन । गरिब परिवारमा जन्मिएकै कारण अहिले उपचार गर्नलाई आर्थिक नभएकै कारण मृत्यु पर्खेर बस्नुको बिकल्प नभएको बिरामीका आफन्तले बताए । उपचारका लागी कसैले सहयोग गरेमा बाँच्न सक्ने आशामा रहेको उनले बताए ।

चर्चामा

सम्बन्धित समाचार