आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • बडिमालिका
  • जन्मदिनकाे अवसरमा खड्काले विरामीलाई सहयोग गरेर मनाए

जन्मदिनकाे अवसरमा खड्काले विरामीलाई सहयोग गरेर मनाए

  • बिहिबार, फाल्गुन १०, २०८०
जन्मदिनकाे अवसरमा खड्काले विरामीलाई सहयोग गरेर मनाए

बाजुरा–  बुढिनन्दा नगरपालिका पाण्डुसैनका युवा ब्यबासायी लाल बहादुर खड्काले  आफ्नो जन्मदिनकाे अवसरमा एक जना बिरामीलाइ सहयोग गरेर जन्मदिन  मनाएका छन् । उनले बडिमालिका नगरपालिका ७ रजाताेलीकी सुना पाध्यायलाइ सहयाेग गरेका  हुन । खड्काले  बडिमालि फाउण्डेसन मार्फत सहयाेग रकम उपलब्ध गराएका छन ।   विगत चार महिना देखि उपचार अभाव हुदा  थला परेकी पाध्यायले आर्थिक श्राेत नहुदा मृत्यू लाइ प्रखनुबाहेक बिकल्प नभएकाे बताइन । घरमा आर्थिक अवस्था कमजोर भएकै कारण उनले उपचार नपाउदा चार महिना देखि थला परेकी बताइन ।

सुना पाध्यायकाे पथ्थरिया भएर अपरेशन गर्नुपर्ने र उपचार खर्च अभाव भएकाे समाचार बडिमालिका खवरले प्रकाशन गरे पश्चात खड्काले आफ्नाे जन्मदिन भड्कीलाे गरि मनाउन भन्दा बिरामीकाे सेवा गर्नु उत्तम हुने भन्दै ५ हजार सहयाेग गरेका छन् ।

सुना पाध्याकाे पथ्थरिया भएपछी जिल्ला अस्पताल बाजुरामा उपचार सम्भव नभएपछी उनलाइ नेपालगंज रेफर गरेकाे छ । उनकाे पारीवारीक अवस्था कमजाेर भएकाले उनले घर जाने निर्णय गरेकाे खवर पाएपछी बडिमालिका ७ का वडाअध्यक्ष धर्मराज पाध्यायले गाडी भाडा ब्यबस्थापन गरेर उपचारका लागी पठाएका छन ।

वडाअध्यक्ष पाध्यायले ब्यक्तीगत रुपमा भाडा ब्यबस्थापन गरे पनि उनकाे उपचारमा  खर्च लाग्ने भन्दै सहयाेगका लागि अपिल गरेका छन । उनकाे उपचार नेपालग‌जमा हुने वडा अध्यक्ष पाध्यायले बताएका छन । पछिल्लो समय जन्मदिन, विवाह उत्सवलाई समेत स्मरण योग्य बनाउने र सेवाकारी कार्यमा लगानी गर्नेहरुको संख्या बढीरहेको छ ।

दैनिकी चलाउनै समेत मुस्किल भएको उनको परीवारमा उपचारका लागि प्रायप्त पैसा नहुदा उपचार गर्न नसकिएको उनका श्रीमान देवीलाल पाध्यायले बताए । अरुको काम गरेर दैनिक जीवन निर्वाह गर्ने गरेका छाै, घरमा विहान खाउ भने वेलुका पुग्दैन, एक जोर कपडा फेर्न समेत मुस्किल छ, यो अवस्थामा कसरी श्रीमतीको उपचार गर्नु उनले भने ।

चर्चामा

सम्बन्धित समाचार