• होमपेज
  • बाजुरा बिशेष
  • बाजुरामा फागुन १३ देखि १५ गतेसम्म दादुरा-रुबेला खोप अभियान सञ्चालन हुने

बाजुरामा फागुन १३ देखि १५ गतेसम्म दादुरा-रुबेला खोप अभियान सञ्चालन हुने

जिल्लाभर १३ हजार बढि बालबालिकालाई खाेप लगाईदै

  • बुधबार, फाल्गुन ९, २०८०
बाजुरामा फागुन १३ देखि १५ गतेसम्म दादुरा-रुबेला खोप अभियान सञ्चालन हुने

बाजुरा– बाजुरामा यहि फागुन १३ देखि १५ गतेसम्म दादुरा-रुबेला खोप अभियान सञ्चालन हुने भएको छ ।  राष्ट्रिय खोप कार्यक्रमको फागुन १३ देखि चैत्र ७ सम्म सञ्चालन हुने अभियान अनुसारमा बाजुरामा फागुन १३, १४ र १५ गते दादुरा-रुबेला रोग विरुद्धको खोप सञ्चालन हुने भएको हो ।

बुधवार स्वास्थ्य कार्यालय बाजुराले आयोजना गरेको दादुरा-रुबेला खोप अभियान२०८०।८१ सम्बन्धी अन्तक्रिया कार्यक्रममार्फत जानकारी दिइएको थियो । सो अभियान सम्बन्धी जिल्ला खोप समन्वय सरोकारवाला तथा सञ्चारकर्मीसंग अन्तरक्रिया गरेको छ । सो अभियानमा ९ महिनादेखि ५ बर्षमुनिका बालबालिकालाई दादुरा-रुबेला रोग बिरुद्धको खोप लगाइने स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । खोप अभियानका लागि तयारी भइरहेकाले त्यसका लागि सुझाव सल्लाहका अन्तक्रिया कार्यक्रम गरेको जनाएको छ ।

सो अभियानमा जिल्लाका ९ वटै पालिकाका १सय ६५ खोप केन्द्रमा १३ हजार ९ सय ४२ बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय बाजुराले बताएको छ । त्यस्तै उक्त अभियानमा १ सय ६५ स्वास्थ्यकर्मी र २ सय ३० स्वयसेवक परिचालन गरिने जनाएको छ ।

जिल्ला खोप समन्वय समिति संयोजक तथा जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकायाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरक्षा निकायका प्रमुख र पत्रकारहरुको सहभागिता रहेको थियो । कार्यक्रम बारे जानकारी स्वास्थ्य कार्यालय बाजुराका प्रमुख महेश चन्दले गराएका थिए भने कार्यक्रम स‌चालन रुगम थापाले गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार