• होमपेज
  • बुढिनन्दा
  • राष्ट्रपति रनिङ शिल्डका पदक विजेतालाई बुढीनन्दाले गर्यो सम्मान

राष्ट्रपति रनिङ शिल्डका पदक विजेतालाई बुढीनन्दाले गर्यो सम्मान

  • मङ्लबार, फाल्गुन ८, २०८०
राष्ट्रपति रनिङ शिल्डका पदक विजेतालाई बुढीनन्दाले गर्यो सम्मान

बाजुरा —बाजुरा जिल्ला स्तरिय १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताका पदक विजेता खेलाडीहरुलाई बुढीनन्दा नगरपालिकाले सम्मान सहित पुरस्कृत गरेको छ । बुढिनन्दाको आइतबार सम्पन्न नगरसभाकोे निणर्य पछि सोमबार एक औपचारिक कार्यक्रमका बिच रनिङ शिल्डमा पदक प्राप्त गर्ने खेलाडीलाई सम्मान गरेको हो ।

प्रजातन्त्र दिवसको अवसरमा खेलाडीको हौसलाका लागि पालिकामै बोलाएर सम्मान सहित पुरस्कृत गरेको नगरपालिकाले जनाएको छ ।
रनिङ शिल्डमा सहभागी मध्ये स्वणर् पदक प्राप्त गर्ने खेलाडीलाई जनही १० हजार र रजत प्राप्त गरेका खेलाडीलाई ५ हजार नगद सहित सम्मान गरिएको नगर प्रमुख जनक बोहराले बताएका छन् ।

यस बर्षको जिल्ला स्तरिय १४ औँ राष्ट्रपति रनिङ शिल्डमा १३ बर्षदेखिको विजेता बडिमालिका नगरपालिकालाई बे्रक लगाउँदै शिल्ड बुढिनन्दाले कब्जा गरेको थियो । उक्त रनिङ शिल्ड प्रतियोगीतामा बुढीनन्दा नगरपालिकाले १८ स्वणर् र २१ रजतसहित प्रथम स्थान हासिल हुन सफल भएको थियो ।

त्यस्तै रनिङ शिल्डमा सह-आयोजक बुढीनन्दा नै भएकोले शिल्डलाई मर्यादित, शान्त, सभ्य र भव्यरुपमा सम्पन्न गर्न व्यवस्थापकीय समिति, खेल प्रशिक्षक, कर्मचारी ,खेलाडी र खेल व्यवस्थापकहरुले जिम्मेवारीका साथ सफल पारेको भन्दै पालिकाले धन्यवाद ज्ञापन गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार