बिहिबार, कार्तिक १, २०८१
  • होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • जनताका आधारभूत अधिकार कार्यान्वयनमा चुनौती : मुख्यमन्त्री शाह

जनताका आधारभूत अधिकार कार्यान्वयनमा चुनौती : मुख्यमन्त्री शाह

  • सोमवार, फाल्गुन ७, २०८०
जनताका आधारभूत अधिकार कार्यान्वयनमा चुनौती : मुख्यमन्त्री शाह

धनगढी — सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशवासीका आधारभूत अधिकार कार्यान्वयन गराउन चुनौती रहेको बताएका छन्। प्रदेश सरकारले धनगढीमा आयोजना गरेको प्रजातन्त्र दिवसको समारोहमा सम्बोधन गर्दै मुख्यमन्त्री शाहले यस्तो बताएका हुन्।

मुख्यमन्त्री शाहले भौगोलिक बनोट, गरिबी, शिक्षा तथा स्वास्थ्यको पहुँचमा जनताका आधारभूत अधिकार कार्यान्वयनमा समस्या र चुनौती रहेको बताएका छन्। उनले भने, ‘सुदूरपश्चिममा गरिबी, अशिक्षा, बेरोजगारी, उद्यमशीलताको कमी, स्वास्थ्य संस्थाको अभाव, पूर्वाधार निर्माणमा कमी लगायतका थुप्रै समस्या रहेका छन। यहाँको भूबनोट र स्रोत साधन अभावका कारण पनि प्रदेशको विकासमा केही जटिलता र कठिनाइ भइरहेका छन्।’

सङ्घीय सरकारले संविधानपद्दत अधिकारहरू प्रदेश सरकारलाई दिन नसक्नु, ऐन निर्माणमा ढिलाइ हुनु लगायतका कारणले पनि प्रदेश सरकारले जनताको हितमा काम गर्न नसकेको उनले बताए। तीन तहका सरकारहरूको बिचमा समन्वयात्मक सिद्धान्तलाई प्रदेश सरकार व्यवहारिक रूप दिन तयार रहेको उनले बताए। उनले भने ‘विधानतः संघ, प्रदेश र स्थानीय तहबिच सहकार्य, सहअस्तित्व र सम्बन्धका आधारमा विकसित हुने कुरामा प्रमुख प्राथमिकतामा राखेको छ।’

मुख्यमन्त्री शाहको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश प्रमुख देवराज जोशी प्रमुख अतिथि रहेका थिए।

चर्चामा

सम्बन्धित समाचार