• होमपेज
  • बाजुरा बिशेष
  • राष्ट्रिय फुटवल खेलाडी सरिता नाथलाई बडिमालिकाले गर्यो सम्मान

राष्ट्रिय फुटवल खेलाडी सरिता नाथलाई बडिमालिकाले गर्यो सम्मान

  • शुक्रबार, फाल्गुन ४, २०८०
राष्ट्रिय फुटवल खेलाडी सरिता नाथलाई बडिमालिकाले गर्यो सम्मान

बाजुरा– बडीमालिका नगरपालिकाले नेपाली राष्ट्रिय फुटवल खेलाडी सरिता नाथलाई सम्मान गरेको छ ।  २०८० माघ १९ देखि २५ गतेसम्म बंगलादेशमा सम्पन्न दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–१९ महिला च्याम्पियनसिपको अन्र्तराष्ट्रिय स्तरको खेलमा उच्च खेल प्रदर्शन गरेको भन्दै सम्मान गरेको हो ।

यु–१९ साफ च्यापिएनमा भारत सहितका देशमा फुटवल खेलेर गृह पालिका आएकी खेलाडी नाथलाई पालिकाले बधाई ज्ञापन सहित सम्मान गरेको खेल नगर प्रमुख अमर खड्काले बताए ।  खेल क्षेत्रबाट बाजुराको पहिचान बढाउने कार्यको प्रशंसा गर्दै खादा सहित प्रमाण पत्र दिएर सम्मान गरिएको  नगर प्रमुख खड्काले बताए ।

रानीवन क्लवमा आवद्ध भएर राष्ट्रिय स्तरको टिममा छनोट भई भारत लगायतका देशमा फुटवल खेलेर बाजुरा सहित गृह नगरपालिको पहिचान बढाएकोप्रति नगरप्रमुख  खड्काले  खुसी व्यक्त  गरेका छन ।

चर्चामा

सम्बन्धित समाचार