मङ्लबार, जेष्ठ ८, २०८१
  • होमपेज
  • समाचार
  • बझाङ जिप दुर्घटनामा एकको मृत्यु, दुईजना घाइते

बझाङ जिप दुर्घटनामा एकको मृत्यु, दुईजना घाइते

  • शुक्रबार, फाल्गुन ४, २०८०
बझाङ जिप दुर्घटनामा एकको मृत्यु, दुईजना घाइते

बझाङको तलकोटबाट चैनपुर आइरहेको से १ ज ८६८ नं को जिप तल्कोट गाउँपालिकाको साइलाबगड नजिक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

बिहीबार साँझ भएको सो दुर्घटनामा मृत्यु हुनेमा तलकोट–१ की सुस्मिता कठायत रहेकी छिन् भने घाइते तलकोट-३ का जिप चालक राजेशकुमार कडाल र मष्टा गाउँपालिका-५ का सह–चालक कमल कठायतको जिल्ला अस्पताल चैनपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक भरतबहादुर शाहका अनुसार दुर्घटनापछि सुस्मितालाई उपचारका लागि जिल्ला अस्पतालमा पुर्‍याउँदा चिकित्सकले उनीलाई मृत घोषणा गरेका थिए । जिप अनियन्त्रित भएर सडकबाट ७० फिट तल खसेको थियो ।

चर्चामा

सम्बन्धित समाचार