आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • कला /साहित्य
  • हाम्रै देशको सरकार पनि अनौठो बन्दै

हाम्रै देशको सरकार पनि अनौठो बन्दै

  • बिहिबार, फाल्गुन ३, २०८०
हाम्रै देशको सरकार पनि अनौठो बन्दै

अत्याचारको बिरोध गर्छ आफै अत्याचार गर्छ,
नेता बनेर ऊ समाजमा अनैतिक व्यवहार गर्छ।

हिंसक छ र अहिंशाको गफ लगाउँछ गफडि,
अपराधी अन्मुक्त गर्छ र त ऊ बालात्कार गर्छ।

समाजपनि कस्तो समाज हो चमत्कार खोज्ने,
जबकी सधै संसारले पसिनाको कारोबार गर्छ।

हो हाम्रै देशको सरकार पनि अनौठो बन्दै गयो,
कहिले नागरिकता बेच्छ घाटाको व्यापार गर्छ।

भन्छ सर्वहारा सुकुमवासीको हितेशी हौँ हामी,
व्यवहारमा भ्रष्टाचार र तस्करकै मदतगार गर्छ।

जसलाई जनताले भर गर्छन् र पुग्छ सिखरमा,
परायजसो उसैले देश र जनता सँग गद्दार गर्छ।

चर्चामा

सम्बन्धित समाचार