• होमपेज
  • क्रिकेट
  • कुवेतविरुद्धको खेल जित्न नेपालले पायो ७४ रनको लक्ष्य

कुवेतविरुद्धको खेल जित्न नेपालले पायो ७४ रनको लक्ष्य

  • बुधबार, फाल्गुन २, २०८०
कुवेतविरुद्धको खेल जित्न नेपालले पायो ७४ रनको लक्ष्य

काठमाडौं— मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कप क्रिकेटमा कुवेतविरुद्ध नेपालले जितका लागि ७४ रनको लक्ष्य पाएको छ ।

टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको कुवेतले २० ओभरमा ९ विकेट गुमाउँदै ७३ रन बनाएको हो ।

कुवेतलाई ७३ रनमा रोक्ने क्रममा सीता राना मगरले ह्याट्रिक विकेट लिइन् । उनले १३ ‌औं ओभरको दोस्रो बलमा २९ रन बनाएकी ओपनर प्रियदा मुरलीलाई एलबीडब्लूको धरामा पारिन् ।

तेस्रो बलमा मार्याम ओमरलाई विकेट किपर काजल श्रेष्ठको हातबाट स्टम्पिङ्ग गरिन् ।

चौथो बलमा कप्तान अम्ना सरिफलाई एलबीडब्लू आउट गरिन् ।

यस्तै रुबिना क्षेत्री र कविता कुँवरले समान २ विकेट लिए ।

चर्चामा

सम्बन्धित समाचार