बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बुढिगंगा नगरपालिका ७ को वडा कार्यालयमा लगाएको ताला २३ दिन पछि खुल्यो ।

बुढिगंगा नगरपालिका ७ को वडा कार्यालयमा लगाएको ताला २३ दिन पछि खुल्यो ।

  • मङ्लबार, फाल्गुन १, २०८०
बुढिगंगा नगरपालिका ७ को वडा कार्यालयमा लगाएको ताला २३ दिन पछि खुल्यो ।

बाजुरा — बाुजरा जिल्लाको बुढिगंगा नगरपालिका ७ को वडा कार्यालयमा लगाएको ताल २३ दिन पछि खुलाएको छ । माघ ८ गते कर्मचारी अभावका कारण वडाको विकास निर्माण र सेवा अबरुद्धका विषयमा वडा बासीलाई जानकारी दिन आयोजना गरिएको आमभेलामा उपस्थित वडाका राजनितिदलहरुले सयूक्तरुपमा वडाको विकास र सेवा प्रभावकारीताको विषयको माग राख्दै माघ ९ गते बिज्ञप्ती जारी गर्दै वडा कार्यालयमा ताला लगाएको थियो ।
लामो समय देखी वडा सचिव प्राबिधिक लगाएत अन्य कर्मचारी नहुदा वडाबासी समस्य झेल्दै आएको कर्मचारी नहुदा पञ्जिकरण सम्बन्धिका कामहरु अन्य वडामा गएर काम गर्दा नागरिकलाई समस्य भएको भन्दै ताला लगाएको थियो ।
वडा कार्यालयमा ताला लगाए पछि वडाको समस्य बारे सहायक प्रमुख जिल्ला अधिकारी सुरुक्षाकर्मी बुढीगंगा नगरपालिकाको टोली वडा कार्यालय पुगेर समस्य सामाधानका बारेमा बुझेर समस्य समाधान र सेवा प्रबाहका लागि माघ १४ गते पशु प्रबिधिक गोरख कटुवाललाई सचिवको जिम्मेवारी दिएर भुवन जोशी प्रशासन सहायक उपेन्द्र शाहलाई प्राबिधिकको जिम्मेवारी तोकेर पठाएको थियो ।
सचिव मात्र पठाएको र अन्य वडामा भएका योजनाको कामको भुक्तानी नपाएको बर्षातको समयमा अबरुद्ध सडक मर्मत शिक्षा स्वास्थ्यको विषयमा नगरपालिकाले ध्यान नदिएको भन्दैे ताला नखुलाए पछि फागुन १ गते बुढिगंगा नगरपालिकाका प्रमुख रामबहादुर बानिया नेतृत्वको टोली र वडाका राजनिति दल वडा अध्यक्ष र स्थानियको छलफल पछि ताला खोलिएको बुढिगंगा नगरपालिकाका रोजगार संयोजक गोनिन्द थापाले बताए ।
फागुन १ गते ७ नम्वर वडा कार्यालयमा भएको छलफलमा यो भन्दा पहिला वडा कार्यलयबाट भएका कमी कमजोरी र नगरपालिकाबाट भएका कमीकमजोरीलाई सच्याएर आगामी कामहरु सहकार्य सहमतीमा अगाडी बढाउने र वडाका अवरुद्ध कामहरु चाडो भन्दा चाडो संचालन गर्ने सहमती पछि ताला खोलीएको संयोजक थापाले बताए ।

चर्चामा

सम्बन्धित समाचार