आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • कला /साहित्य
  • शेर बहादुर बुढाकाे मन्त्री त म नि बन्थे (कविता)

शेर बहादुर बुढाकाे मन्त्री त म नि बन्थे (कविता)

  • मङ्लबार, फाल्गुन १, २०८०
शेर बहादुर बुढाकाे मन्त्री त म नि बन्थे (कविता)

मन्त्री त म नि बन्थे
के गर्नु म जन्मिनु
भन्दा धेरै पहिले
स्कूलको लास्ट बेन्चमा
बस्नेहरूले
अरूलाई कुट्न
पिट्न मार्न कसिनेहरुले
एउटा परम्परा बसाएछन्
अन्तिम बेन्चमा बस्नेहरुलाई
मन्त्री, प्रधानमन्त्री बनाएछन्
विश्वसामु हसाएछन् र
नेपाल देशलाई
मानव सुचानकमा
पनि अन्तिम बेञ्च
खुसीहरुको देशमा
पनि अन्तिम बेन्च
धनीहरूको देशमा
पनि अन्तिम बेन्च
भ्रष्टाचारको सूचकांकमा ११०औं स्थान
यसमा पनि अन्तिम बेन्च
तर अचम्म छ
प्रथम बेन्च के मा बनायौ
बनायौं
बेरोजगार युवा उत्पादनमा प्रथम
बनायौं
रेमिट्यान्स बिना चल्न न सक्ने देशमा प्रथम
वैज्ञानिक छैनन्, आविष्कार छैन
मात्र लास्ट बेन्चर नेतै नेता
त्यही भएर म र म जस्ता
धेरै पहिलो बेन्चर
नेपालमा खरदार हुन्छन्
अनि अन्तिम बस्दा मन्त्री
अनि कक्षा नै नबस्दा चाहिँ के
यो पनि भनिदिए हुने थियो
हजुर को जय जय
हजुरको जय जय…

 

चर्चामा

सम्बन्धित समाचार