मङ्लबार, जेष्ठ ८, २०८१
  • होमपेज
  • राजनीति
  • बाजुराको बुढिगंगा–१० रास्वपाको सदस्यता लिनेको संख्या बढे

बाजुराको बुढिगंगा–१० रास्वपाको सदस्यता लिनेको संख्या बढे

  • आइतवार, माघ २८, २०८०
बाजुराको बुढिगंगा–१० रास्वपाको सदस्यता लिनेको संख्या बढे

बाजुरा —बाजुराको बुढिगंगा नगरपालिकामा १० मा राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्यता लिनेको संख्या दिनप्रतिदिन बढीरहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीप्रति बाजुराका जनताको आकर्षण बढ्दै गएको देखिन्छ । पछिल्लो समयमा संसदको चौथो शक्ति रास्वपाले सबै जिल्लामा संगठन विस्तार कार्यलाई तीव्र पारेको नेताहरुले बताएका छन् । रास्वपाको सदस्यता अनलाइनबाटै लिने व्यवस्था गरेपछि बाजुरामा पनि धमाधम लिरहेका नेताहरुले बताएका छन् ।

बाजुरामा पुराना दलहरुमा भविष्य नदेखिएको भन्दै बाजुराका जनता फरक विकल्प रोज्दै रास्वपाको सदस्यता लिनेको संख्या बढिरहेको एक नेताले दावी गरे । बाजुरामा बढि सदस्यता लिनेको संख्या बढिगंगा, त्रिवेणी, खप्तड छेडेदहमा सबैभन्दा धेरैले लिसकेको उनले बताए । अहिले बाजुराका विभिन्न वडामा वडा कमिटि गठन गरिरहेको रास्वपाले बुढिगंगा नगरपालिका १० मा पनि गठन गरेको छ । वडा कमिटि सभापति अमर रावलको नेतृत्वमा वडा कमिटि गठन गरेको छ ।

अहिलेसम्म बुढिगंगा नगरपालिका १० मा मात्रै ९२ जनाले रास्वपाको सदस्यता लिसकेको वडा सभापति अमर रावलले बताएका छन । संघियता संरचनाको दुई पटक भएको स्थानिय तहको निर्वाचनमा दुवै कार्यकाल नेकपा एमालेले जित हात पारेको वडाका जनता अहिले रास्वपाको सदस्यता लिरहेका छन् ।

रास्वपाले अहिले बाजुरामा संगठन विस्तारका साथसाथै बाजुरा दिल्ली सम्पर्क समिति समेत बनाएको छ । सभापति अनिल बुढा र उपसभापती बिपिन साउँदको नेतृत्वमा बाजुरा दिल्ली सम्पर्क समिति गठन गरिएको रास्वपाले जनाएको छ । सोही वडाका केही समयका लागि शंकर बिक बाजुरा दिल्ली सम्पर्क समितिको उपसभापति भएका थिए ।

त्यस्तै बाजुरा जिल्लाभरमा अहिलेसम्म २ सयबढिले सदस्यता लिसकेका र धेरै जनाकाे सदस्यता प्रक्रियामा रहेकाे रास्वपा बाजुरा संयाेजक शंकर गिरीले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार