शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बडिमालिका मिडिया हाउसले बिबिध कार्यक्रम गरि मनायो बार्षिक उत्सव

बडिमालिका मिडिया हाउसले बिबिध कार्यक्रम गरि मनायो बार्षिक उत्सव

  • शनिबार, माघ २७, २०८०
बडिमालिका मिडिया हाउसले बिबिध कार्यक्रम गरि मनायो बार्षिक उत्सव

बाजुरा– बडिमालिका मिडिया हाउसको पाचौँ बार्षिक उत्सव बिभिन्न कार्यक्रम गरि मनाएको छ । जिल्ला सदरमुकाम मार्तडीमा औपचारीक कार्यक्रम गरी आफ्नो पाचौँ स्थापना दिवस मनाएको हो । मिडिया हाउसले बार्षिक उत्सवको अवसरमा बडिमालिका नगरपालिका ६ की मनिषा बडुवाललाई स्टेशनरी लुगा कपडा र नगद सहित सहयोग गरेको छ । अष्ट्रलियामा बस्दै आएका समाजसेवी बिक्रम सुेवेदीको आर्थिक सहयोगमा बिभिन्न साम्रगी सहित सहयोग गरिएको बडिमालिका मिडिया हाउसका संचालक प्रकाश सिहंले बताए ।

No description available.

सुवेदीले बडिमालिका नगरपालिका ६ को नेपाल राष्ट्रिय मावि जडाङ्गा कक्षा १२ मा अध्यानरत मनिसाले स्कुलको शुल्क तिर्न नसकेको र कक्षा ११ र १२ को स्कुल फिस सहित किताबको शुल्क समेत तिर्न नसकेको समाचार बडिमालिका खवरले प्रकाशन गरेपछि समाजसेवी सुवेदीले लुगा कपडा र स्कुलमा तिर्ने शुल्कका लागि ३० हजार सहयोग गरेका थिए । मनिषाका बुवाको २०६९ सालमा एक्कासी मृत्यु पछि अहिले मनिषाको घर खर्च धान्न समस्य भएको भन्दै सहयोगका लागि अपिल गरे संगै बडिमालिका मिडिया हाउसको बार्षिक उत्सवको अवसरमा बडिमालिका फाउण्डेशन मार्फत उनलाई सहयोग गरिएको हो ।

त्यसै गरी अमेरिका स्थित समाजसेवी प्रकाश भुजेलको सहयोगमा बडिमालिका नगरपालिका वडा न ७ का मुस्कान खत्रीलाई स्टेशनरी लगायतको साम्रगी सहयोग गरिएको छ । मुस्कानका बुवा भारतमा बेपत्ता भएका र उनकी आमा अर्को पोइल गएर बुढी बज्जैको साहारामा रहेको खवरपश्चात उनलाई पनि बार्षिक उत्सवको अवसरमा सहयोग गरेको मिडिया हाउसका सम्पादक पदम सिहंले बताए । त्यसै गरी बडिमालिका मिडिया हाउसको समन्वयमा ५० औं आफ्नो जन्मउत्सवको अवसरमा नेपाल टेलिकममा कार्यरत बिक्रम टमटाले २ हजार सहयोग गरि मुस्कानलाई सहयोग गरिएको सम्पादक साउदले बताए ।

No description available.
त्यस्तै दुधिर आधारभूत विद्यालयको कक्षा ५ मा अध्ययनरत छात्रा सुविक्षा शाहलाई अष्ट्रेलियामा बसोबास गर्दै आएकी समाजसेवी अनिता बिष्टले उच्च शिक्षासम्म पठनपाठनमा लाग्ने खर्चमा सहयोग गर्ने गरी समन्वय गरिएको बडिमालिका मिडिया हाउसका ब्यस्थापक लक्ष्मीराज पाध्यायले बताए । तत्काल शाहका तीन जना दिदीबहिनीलाई चाहिने लुगा कपडा र खाद्यान्नका सामाग्री किनेर सहयोग गरिएको र बार्की रहेको पैसा सुविक्षाको खाता खोलि जम्मा गर्ने गरी बडिमालिका मिडिया हाउसको बार्षिक उत्सवको अवसरमा बडिमालिका फाउण्डेशनको समन्वयमा गरिएको ब्यबस्थापक पाध्यायले बताए ।
बडिमालिका मिडिया हाउसका संचालक तथा प्रकाशक प्रकाश बहादुर सिहंको अध्यक्षतामा संचालन गरिएको कार्यक्रमका प्रमुख अतिथि बडिमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्का रहेका थिए । बडिमालिका खवरका सम्पादक पदम बहादुर सिहंले संचालन गरेको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल, बडिमालिका नगरपालिकाका प्रबक्ता धर्मराज पाध्याय, बडिमालिका नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बम बहादुर केसी, जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरिक्षक कबिन्द्रसिह बोहरा बिषिश्ठ अतिथि रहेका थिए ।

No description available.
त्यसै गरी बडिमालिका नगरपालिका २ का वडा अध्यक्ष डम्मर महत वडा न ६ का वडा अध्यक्ष कृष्ण खड्का वडा न ८ का वडा अध्यक्ष चन्द्र थापा र ९ का वडाअध्यक्ष सुर्यकिरण बिक, नेपाल प्रत्रकार महासंघ बाजुरा उपाअध्यक्ष संगिता तिमिल्सेना, गैसस प्रतिनिधी दान बहादुर साउँद, प्रेस चौतारी नेपाल सुदुरपश्चिम प्रदेश कमिटि अध्यक्ष कृष्ण ओली, प्रेस चौतारी नेपाल केन्द्रीय सदस्य धनराज साउँद, नेपाल पत्रकार महासंघ बाजुराका पुर्व अध्यक्ष मदनराज जैशी प्रेस युनियन बाजुराका निवर्तमान अध्यक्ष प्रेम रौले लगायत जिल्ला स्थित बिभिन्न निकायका प्रमुख र पत्रकारहरुको सहभागिता रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार