आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • राजनीति
  • एमालेका दुई थापाको विवाद सतहमा, एमाले बाजुरामा मौलायो चरम गुटबन्दी

एमालेका दुई थापाको विवाद सतहमा, एमाले बाजुरामा मौलायो चरम गुटबन्दी

  • शुक्रबार, माघ २६, २०८०
एमालेका दुई थापाको विवाद सतहमा, एमाले बाजुरामा मौलायो चरम गुटबन्दी

बाजुरा— नेकपा एमाले स्थायी कमिटि सदस्य कर्ण बहादुर थापा र नेकपा एमाले केन्द्रिय सदस्य तथा अछाम जिल्ला इन्चार्ज लाल बहादुर थापा बिचको विवाद सतहमा पुगेको छ । नेकपा एमाले बाजुराकाे जिल्ला अधिबेशन नजिकिए स‌गै  दुई थापा बिचको दुरी बढ्दै गएकाे हाे । दुइ थापाहरुकाे गुटबन्दीका कारण पार्टीलाइ  असर देखिएको एमाले कार्यक्रताहरुकाे भनाइ रहेकाे छ  ।

प्रायः एउटै कित्तामा नदेखिने दुई थापा अहिले भने सतहमा खुलेआम रुपमा बिरोधमा उत्रिएको देखिएका छन् । दुई थापाका नेता कार्यकर्ता अहिले सामाजिक सञ्जाल तथा सार्वजनिक रुपमा वादप्रतिवादमा उत्रिएका छन् । एमाले स्थायी कमिटि सदस्य कर्ण बहादुर थापाले पालिकामा कार्यकर्ता भेटघाट कार्यक्रममा लाल बहादुर थापा पक्षधर सहभागी नै नभएको पाइएको छ ।

कर्ण बहादुर थापा बाजुरा पुगिसकेपछि त्रिवेणी, बुढिगंगा, खप्तड छेडेदह, गौमुल हुदै बडीमालिकामा कार्यक्रर्ता भेटघाट तथा छलफल कार्यक्रममा सहभागि भए । त्रिवेणी, बुढिगंगा, खप्तड छेडेदहको कार्यक्रममा लाल बहादुर थापाका समर्थक नेता कार्यकर्ताहरुकाे असर कम देखिएको थियो । तर कर्ण थापा गौमुलमा पुगिसकेपछि भने सतही रुपमा देखा परेको छ ।

गौमुल गाउँपालिकामा स्थायी कमिटि सदस्य कर्ण बहादुर थापाको कार्यक्रर्ता भेटघाट कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटि पार्टी उपसचिब हरि बहादुर रोकाया, गाउँ कमिटि अध्यक्ष देब बहादुर रोकाया लगायतले बहिष्कार गरेका थिए । पालिकामा स्थायी कमिटि सदस्य आउँदा लाल बहादुर थापा समर्थक नेता तथा कार्यकर्ता सहभागि मात्र भएनन्, अरुलाई समेत नजान निर्देशन दिएको एक स्रोतले बडीमालिका खबरलाई बताएकाे छ ।

बडीमालिका खबर सँग उपसचिब हरि बहादुर रोकायाले भने स्थायी कमिटी सदस्य पार्टीको सल्लाह अनुसार भन्दा पनि आफ्नो मनमर्जीले पालिकामा आएको आरोप लगाए । उनले भने हामी सँग कुनै सल्लाह थिएन्, हामी किन सहभागी हुने उनको यो भेटघाट गुटबन्दी गर्ने पार्टी भित्र द्धन्द्ध गराउने काम भएको रोकायाले भने ।

बिहिवार बडीमालिका नगर कमिटिले एमाले पार्टी कार्यालय मार्तडीमा स्थायी कमिटी थापाको प्रमुख अतिथिमा गरेको कार्यक्रममा लाल बहादुर थापा समर्थक नेता कार्यकर्ताले बहिष्कार गरेका छन् । नगर कमिटि अध्यक्ष धर्मराज पाध्याय सदरमुकाम मार्तडीमा हुँदा पनि उनि कार्यक्रममा सहभागी भएनन् । कार्यक्रमको अध्यक्ष नगर कमिटि उपसचिब कालु रावलको अध्यक्षता भएको थियो । लाल बहादुर थापा निकट मानिने पार्टी कार्यालय सचिव काशी विक लगायत जिल्ला कमिटि सदस्य तथा नगर कमिटिका पदाधिकारी पनि साे कार्यक्रममा सहभागि भएनन् ।

स्रोतका अनुसार लाल बहादुर थापाले  नेता तथा कार्यकर्तालाई सहभागी नहुन निर्देशन दिएको बताएको छन । बडीमालिका नगर कमिटिले आयोजना गरेको कार्यक्रममा संविधान सभा सदस्य बसुन्धरा रोकाया, एमाले जिल्ला कमिटी सचिव भरत थापा लगायत कर्ण थापा समर्थक नेता तथा कार्यकर्ता मात्र भेला भएका थिए । जिल्ला कमिटी उपसचिवद्धय हरि बहादुर रोकाया र जनक कुमार बोहोरा लगायत जिल्ला स्तरका नेता सदरमुकाम मार्तडीमा भएपनि कार्यक्रममा सहभागी भएका थिएनन् । उनिहरुले आफुहरुलाइ जानकारी नै नभएको  भन्दै कार्यक्रममा सहभागी नभएकाे बताएका छन् ।

कर्ण बहादुर थापा गौमुलमा पुगेपछि सतही रुपमा दुई थापा बिचको विवाद सतही रुपमा पुगेको देखिएको हो । बिहिवार सदरमुकाम मार्तडीमा भएको कार्यक्रममा स्थायी कमिटी सदस्य थापाले पार्टी भित्र गुटबन्दि मौलाउदै गरेको बताए । करिब डेढ घण्टाको थापाको भाषणमा गुटबन्दी मौलाइरहेको पार्टी कमजोर बनाउने काम भइरहेको र केहीको नामै किटान गरेर  भाषणमै नाम उल्लेख गरेका थिए । दुई थापा बिचकाे विवाद सतहीमा पुगेपछि कार्यकर्ता बिच खुलेआम विरोधमा उत्रिएका छन् । केही कार्यकर्ता भने यसले पार्टीलाई अन्योलमा पारेर पार्टी कमजोर बनाउने बताउदै आएका छन् । बडिमालिका नगरपालिका आयाेजित कार्यक्रममा स्थायी कमिटि सदस्य थापाले केन्द्रिय सदस्य लाल बहादुर थापालाइ लक्षित गरी खुला चुनाैती दिदै दुइ महिना मात्र जिल्लामा आफु  हुने हाे भने तिनिहरु खुला रुपमा हिड्न  पाउदैन समेत भन्न भ्याएका थिए ।

२७ गते नेकपा एमालेको जिल्ला कमिटिको बैठकमा दुवै जना थापा सहभागी हुने देखिएका छन । बैठकमा पनि कार्यवाहक अध्यक्ष दिने सम्बन्धमा विवाद हुने देखीएको छ । स्थायी कमिटी सदस्य कर्ण बहादुर थापा सचिव भरत बहादुर थापालाई कार्यवाहक बनाउन चाहान्छन् भने तर अर्को पक्ष उनलाइ स्वीकार गर्ने पक्षमा छैनन् ।

नेकपा एमाले बाजुराको माघ २६ बाट बाजुराको कोल्टीमा हुने भनिएको जिल्ला अधिवेशन केन्द्रमा उजुरी परेपछि अनिश्चित बनेकाे छ । केन्द्रबाट कार्यवाहक दिन पत्रचार भएको थियो  । जिल्ला कमिटिमा आफ्नो बलियो पक्कड रहेकाे लाल बहादुर थापाको दावी रहदै आएको छ । जिल्लामा एक निर्णय भयो, केन्द्रमा उजुरी परेपछि दुई थापा बिच गुटकाे लडाइ पेचिलो बन्दै गएको एक कार्यकर्ताले बताएका छन् ।

आफू हुनु परे दुवै थापा मिल्छन्, अरु समय गुट उपगुट बनाउने काम भएको उनले थपे । बाजुरा इन्चार्ज तथा केन्द्रिय सदस्य भैरव बहादुर सिंह लाल बहादुर थापाको पक्षधरका रुपमा चिनिएका छन् । जिल्ला अधिवेशनमा दुई थापा मिलेर एक जनालाई अध्यक्षमा सारेमा उनका विकल्पमा अर्को कसैले उम्मेदवारी दिन सक्ने आट कमै देखिन्छ ।

चर्चामा

सम्बन्धित समाचार