आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • कला /साहित्य
  • साँच्चै सुन्दर आसियाना लाग्छ त्यो ओडार पनि

साँच्चै सुन्दर आसियाना लाग्छ त्यो ओडार पनि

  • मङ्लबार, माघ २३, २०८०
साँच्चै सुन्दर आसियाना लाग्छ त्यो ओडार पनि

साँच्चै सुन्दर आसियाना लाग्छ त्यो ओडार पनि,
पारिवारिक एकता भए डराउँछन् साहुकार पनि।

आधा जीवन खरको छानो र गोठे घरमा बितायौँ,
कति प्यारो र भरपर्दो थियो त्यो खरकै झार पनि।

भाडाको पक्की घर भन्दा पातिले बारेको बुकुरो,
आफ्नो लागि त त्यही थियो अमूल्य संसार पनि।

जहाँ मिठो मायाँले भरिएको हुन्छ घर परिवारको,
त्यहाँ काम लाग्दैनन् दुश्मनहरूका औजार पनि।

तिमीले स्वर्गका कुरा गर्छौ मरेपछिको झुटो कथा,
यहाँ नर्कका सौदागर बनेका हुन्छन् दरबार पनि।

अब त बुझौँ यो दुष्टको हत्थकण्डा स्वर्ग नर्क को,
कति दिनसम्म रहिरहला मुर्खताकै व्यवहार पनि।

चर्चामा

सम्बन्धित समाचार