आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • प्रदेश ७
  • प्रेस चौतारी नेपालको स्थापना दिवसको अवसरमा बाजुरामा दुई पत्रकार सम्मानित

प्रेस चौतारी नेपालको स्थापना दिवसको अवसरमा बाजुरामा दुई पत्रकार सम्मानित

  • सोमवार, माघ २२, २०८०
प्रेस चौतारी नेपालको  स्थापना दिवसको अवसरमा बाजुरामा दुई पत्रकार सम्मानित

बाजुरा —प्रेस चौतारी नेपाल बाजुराले आफ्नो २६ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरि भव्य रुपमा मनाएको छ । स्थापना दिवसको अवसरमा दुई जना कृयाशिल पत्रकारलाई सम्मान गरेको छ। सम्मानित हुनेमा गगन बाणी अनलाइनका पत्रकार गगन अएडी र पत्रकार बिमला रावल रहेका छन् ।

बाजुरा शाखाले प्रत्यक बर्ष बिनोद कुमार विक स्मृती पत्रकारीता पुरस्कार दिने घोषणा बमोजिम यो बर्ष पनि २ जना पत्रकारहरुलाई प्रदान गरिएको प्रेस चौतारी नेपाल बाजुराका अध्यक्ष मदन विकले बताए । प्रेस चौतारी नेपालका क्रियासिल पत्रकार बिमला रावल र गगन अयडीलाई नगद सहित प्रमाणपत्रले सम्मानित गरिएको प्रेस चौतारी नेपाल बाजुरा शाखाका अध्यक्ष मदन विकले बताएका छन् ।

रावल र अयडीलाई जनही नगद पाँच हजार ५ सय ५५ रुपैयाँ सहित प्रमाण पत्रले सम्मान गरेको अध्यक्ष विकले बताए । प्रेस चौतारी नेपाल बाजुराको आइतबार बसेको सचिवालयको बैठकले छनोट गरेर रावल र अयडीलाई सम्मान सहित पुरस्कृत गर्ने निणर्य गरेको थियो ।
स्थापना दिवसको अवसरमा प्रेस चौतारी नेपाल बाजुराले बाजुरा क्याम्पसका बिद्यार्थीहरुविच निबन्ध प्रतियोगिता समेत सम्पन्न गरेको छ ।

बाजुरा ठुलो सम्भावना बोकेको जिल्ला हुँदा हुदैँपनि आम जनताको बुझाईमा किन नकारात्मक कुराहरु मात्रै उठिरहेको छ र बिद्यार्थीको बुझाईमा बाजुरा कस्तो छ, कस्तो हुनु पर्छ भन्ने बिषयलाई ल्याउनका लागि बाजुरा क्याम्पसमा निबन्ध प्रतियोगिताको आयोजना गरेको प्रेस चौतारी नेपाल बाजुराका सचिव रमित विकले बताए ।

त्यस्तै प्रेस चौतारी नेपाल बाजुरा शाखाले २६ औं स्थापना दिवसको बाजुराका क्याम्पस तहका बिद्यार्थीहरुबिच गरिएको प्रतियोगितामा २० जना बिद्यार्थीहरुको सहभागिता रहेको थियो । उक्त प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने बिद्यार्थीहरुलाई झोला, स्टेसनरी सहित प्रमाण पत्रले पुरस्कृत गरेको छ । जसमा प्रथम कुमारप्रसाद उपाध्याय, द्धितीय भरत बोहरा, तृतीय मनिसा चेपाङ र सान्त्वना रोनशी बुढा भएका थिए ।

पत्रकारहरुले आफ्नो संगठनको मर्मलाई आत्मसात गर्दै समाजका विकृत विसङगति, सरकारका गतिविधि, आम जनताका साझा सवाल र समाज परिवर्तनका लागि सदैव निष्पक्ष तवरले कलम चलाउनु पर्नेमा प्रेस चौतारी नेपाल बाजुराको स्थापना दिवस कार्यक्रममा बोल्ने वक्ताहरुले जोड दिएका थिए । पछिल्लो समयमा बढ्दो सामाजिक सञ्जालकोे प्रयोगले बाजुरा जिल्लाका नकारात्मक बिषयको मात्रै बढि प्रचार प्रसार हुने गरेकाले पत्रकारहरुले तथ्य सहित सकारात्मक तथा नकारात्मक कुराहरुको सत्य तथ्य सूचना दिन सक्नुपर्ने वक्ताहरुको भनाई रहेको थियो ।

प्रेस चौतारी नेपाल बाजुराका अध्यक्ष मदन विकको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख अथिति नेकपा एमाले बाजुराका प्रचार प्रसार विभाग प्रमुख काशी विक रहेको थिए । त्यस्तै अथितिमा बडिमालिका नगरपालिका नगरप्रमुख अमर खड्का, उपप्रमुख नन्दा थापा, वडा नंः ७ का अध्यक्ष एवम् नगर प्रवक्ता धर्मराज पाध्याय, ९ का अध्यक्ष सुर्यकिरण विक, प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल, गाैमुल गाउँपालिका उपाध्यक्ष सिता थापा, नेकपा एकिकृत समाजवादी बाजुराका अध्यक्ष पुर रावत, नेपाली कांग्रेस बडिमालिका नगरकार्य समिति सभापति गोपाल कार्की, प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्ण ओली, केन्द्रीय सदस्य बसन्त विश्वकर्मा, पत्रकार महासंघ बाजुराका वरिष्ठ उपाध्यक्ष पदम सिंह, उपाध्यक्ष एवम् प्रेस युनियन जिल्ला अध्यक्ष संगिता तिमिल्सेना, प्रेस सेन्टरका केन्द्रीय सदस्य निमेन्द्र शाही, संगठनका पदाधिकारी, विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकार लगायतको सहभागिता रहेको थियो । प्रेस चौतारी नेपाल बाजुराका कोषाध्यक्ष सुशिल रोकायाले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सचिव रमित विकले गरेका थिए ।

No description available.

चर्चामा

सम्बन्धित समाचार