बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • बुढीगंगा
  • राष्ट्रपति रनिंङ शिल्डमा पदक प्राप्त गर्ने खेलाडीलाई बुढिगंगाले पुरस्कृत गर्ने

राष्ट्रपति रनिंङ शिल्डमा पदक प्राप्त गर्ने खेलाडीलाई बुढिगंगाले पुरस्कृत गर्ने

  • सोमवार, माघ २२, २०८०
राष्ट्रपति रनिंङ शिल्डमा पदक प्राप्त गर्ने खेलाडीलाई बुढिगंगाले पुरस्कृत गर्ने

बाजुरा–  जिल्ला स्तरिय १४ औ राष्ट्रपति रनिंङ शिल्डमा पदक ल्याउने खेलाडीहरुलाई बाजुराको बुढिगंगा नगरपालिकाले पुरस्कृत गर्ने भएको छ । आइतबार नगर कार्यपालिकामा बसेकाे नगर कार्यपालिकाको बैठकले सो निणर्य गरेको हो ।

बुढीनन्दा नगरपालिकाको जनप्रकाश माविमा संञ्चालन भएको रनिङ शिल्डमा एकल तथा सामुहिक खेल बिधामा प्रथम, द्धितिय र तृतिय स्थान हाँसिल गरेका खेलाडीहरुलाई पुरस्कृत गर्ने निणर्य गरेको नगरप्रमुख राम बहादुर बानियाले बताएका छन ।
आइतबार बसेको कार्यपालिका बैठकले राष्टपति रनिंङ शिल्डमा एकल विधा तर्फ स्वण पदक प्राप्त गर्ने खेलाडीलाई ५ हजार, रजत पदक प्राप्त गर्ने खेलाडीलाई ४ हजार र कास्य पदक प्राप्त गर्ने खेलाडीलाई ३ हजार रुपैयाँ प्रदान गर्ने नगरप्रमुख बानियाले बताए ।
त्यस्तै राष्ट्रपति रनिंङ शिल्डमा सामुहिक विधामा पदक प्राप्त गर्ने खेलाडीहरुलाई प्रति ब्यक्ती १ हजार दिने निणर्य गरेको नगरपालिकाले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार