• होमपेज
  • बाजुरा बिशेष
  • बाजुरा जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधि बुढिनन्दाले जित्यो

बाजुरा जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधि बुढिनन्दाले जित्यो

अनुशासित खेल प्रदर्शनमा खप्तड छेडेदह

  • आइतवार, माघ २१, २०८०
बाजुरा जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधि बुढिनन्दाले जित्यो

बाजुरा– जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधि बुढिनन्दा नगरपालिकाले जित्न सफल भएको छ । बाजुरा जिल्ला स्तरिय १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । माघ १५ गतेदेखि बुढिनन्दा नगरपालिकाको कोल्टी स्थित जनप्रकाश माविमा सञ्चालन भएको प्रतियोगिता आज सम्पन्न भएको हो ।

उक्त १४ औं जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्डमा एथेलेटिक्स, कबड्डी, भलिवल र मार्सलआर्ट लगायतका अलग अलग समूहमा १ हजार २९ जना खेलाडीहरुले प्रतिस्पर्धा गरेक थियो ।

यस बर्षको जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधि बुढिनन्दा नगरपालिकाले हात पारेको छ । नगरपालिकाले १८ स्वणर् र २१ रजतसहित प्रथमा भएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

त्यस्तै १८ स्वणर्, १४ रजत र ६ कास्य सहित बडिमालिका नगरपालिका द्धितीय भएको छ भने ८ स्वणर् १४ रजत र ४ कास्यसहित खप्तड छेडेदह गाउँपालिका तृतीय भएको छ । त्यसैगरि प्रतियोगितामा बुढीगंगा नगरपालिकाले ७ स्वणर्, १ रजत र ३ कास्य, त्रिवेणी नगरपालिकाले २ स्वणर्, ८ रजत र ६ कास्य, स्वामिकार्तिक खापर गाउँपालिकाले ६ स्वणर्, २ रजत र ४ कास्य हासिल गरेको छ ।

त्यस्तै गौमुल गाउँपालिकाले ४ स्वणर् र ३ रजत, जगन्नाथ गाउँपालिकाले २ स्वणर्, २ रजत र ४ कास्य र हिमाली गाउँपालिकाले १ कास्य हासिल प्राप्त गरेको छ ।

करिब ७ दिन सम्म सञ्चालन भएको १४ औं जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शान्त वातावरणमा समापन भएको खेलकुद समितिले जनाएको छ । २०८१ मा हुने १५ औँ राष्ट्रपति रनिङ सिल्ड बुढिगंगा नगरपालिकामा हुने समितिले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार