आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • शिक्षा
  • शैक्षिक गुणस्तर सुधार गर्न गौमुलका शिक्षकलाई विषयगत क्षमता विकास तालिम

शैक्षिक गुणस्तर सुधार गर्न गौमुलका शिक्षकलाई विषयगत क्षमता विकास तालिम

  • मङ्लबार, माघ १६, २०८०
शैक्षिक गुणस्तर सुधार गर्न गौमुलका शिक्षकलाई विषयगत क्षमता विकास तालिम

बाजुरा — बाजुराकाे गौमुल गाउँपालिकाले शैक्षिक गुणस्तर सुधार गर्न शिक्षकहरुलाई विषयगत क्षमता विकास सम्बन्धी तालिम दिएको छ ।  गाउँपालिकामा शैक्षिक गुणस्तर सुधार गर्ने उदेश्यले आधारभूत तहमा पढाउने  शिक्षकलाई ५ दिने विषयगत क्षमता विकास सम्बन्धी तालिम दिएको हो ।

एचआरसी बाजुरा समन्वय तथा टिडीएच जर्मनीको आर्थिक र गाैमुल गाउँपालिकाको सहजीकरणमा वडा नं.२ स्थित जनज्योति माविमा तालिम सञ्चालन गरिएको  गाउँपालिकाले जनाएकाे छ ।

गाउँपालिकाका २३ वटै विद्यालयका सामाजिक विषय पढाउने  ३० जना शिक्षकलाई उक्त तालिममा दिइएकाे छ । गाउँपालिकाका विद्यालयमा सामाजिक विषय अध्यायन गराईरहेका आधारभूत तहका शिक्षकलाई तालिममा सहभागि गराएको एचआरसी बाजुराका सामाजिक परिचालक दिनेश सार्कीले बताएका छन् ।

शैक्षिक गुणस्तर वृद्धि गर्न, शिक्षकको ज्ञान, सीप तथा अभिवृद्धिमा निखरता ल्याउने उद्देश्य सहीत एचआरसीले सञ्चालन गरेको ५ दिने तालिम उपलब्धीमुलक बनेको वडा नं.२ का वडा अध्यक्ष देवबहादुर रोकायाले बताए ।

तालिममा विषयगत शैक्षिक सामाग्री, पाठ्यक्रम, ग्लोब र नक्सा सहीत शैक्षणिक सामाग्री निर्माणदेखि अध्यायपन गराउँने विधी, सहजीकरण विधी, पिपीएस टेक्निकलका विधी, शैक्षणिक विधी र विद्यालयमा सञ्चालन हुने अतिरिक्त क्रियाकलापका बारेमा सिकाई भएको तालिममा सहभागी शिक्षकहरुले बताएका छन् ।

एचआरसी बाजुराले यसअघि पनि गाउँपालिकाको सहजीकरणमा बालमैत्री शिक्षण विधी र बालअधिकार सम्बन्धी २३ वटै विद्यालयका इसीडी र प्राविदेखि मावि तहका  २ सय १० जना शिक्षकलाई तालिम दिईसकेको जनाएकाे छ ।

उक्त तालिमको प्रशिक्षण वीरबहादुर शाहीले गरेका थिए । जनज्योति माध्यामिक विद्यालयका निप्रअ लाल बहादुर रोकायाको अध्यक्षतमा सञ्चालन गरिएको तालिमको समापन भएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार