बाजुरा —राष्ट्रिय भूमि आयोग जिल्ला समिति बाजुराले भूमिहिन दलित, भुमिहीन सुकुम्बासी र अब्यवस्थित बासोबासीलाई निस्सा वितरण गरेको छ । आइतबार आयोगले जिल्लामा दोस्रो पटक स्वामिकार्तिक खापर गाउँपालिका वडा नं २ का ४१ परिवारलाई निस्सा वितरण गरेको हाे ।
स्वामिकार्तिक खापर गाउँपालिका–२ का वडा अध्यक्ष विष्णु बुढाको अध्यक्षतामा निस्सा वितरण गरिएको बताईएको छ ।
यस अघि आयाेगले पहिलो पटक स्वामिकार्तिक खापर गाउँपालिका ३ का ३८ जनालाई निस्सा वितरण गरिसकेकाे राष्ट्रिय भूमि आयोग जिल्ला समिति बाजुराले जनाएकाे छ ।
निस्सा भनेको लालपुर्जा हैन,यो लालपुर्जा बनाउँनका लागि पहिलो आधार हो। यसपछि स्थानिय तहले सहयोग गर्यो भने जनताले चाँडै लालपुर्जा पाउँने छन्। तर स्थानिय तहले काम तिब्ररुपमा गरीरहेका छैनन्।