बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • कला /साहित्य
  • होनहार प्रतिभा त गुमायो देशले यहाँ

होनहार प्रतिभा त गुमायो देशले यहाँ

  • आइतवार, माघ ७, २०८०
होनहार प्रतिभा त गुमायो देशले यहाँ

जब बन्द कोठाभित्र बलात्कार हुन्छ,
भन मित्र त्यसको को पहरेदार हुन्छ।

असाय अबला सँग अत्याचार भएको,
कुन आधारमा व्यापार वा प्यार हुन्छ।

फसाउँन त सकिन्छ युवाहरूलाई पनि,
गवा हुँदैन जुनवेला त्यो दुराचार हुन्छ।

होनहार प्रतिभा त गुमायो देशले यहाँ
ऊ परिवारकै पनि जिउँने आधार हुन्छ।

खै त्यो आमाको मर्म कसले बुझ्नेहोला,
त्यही छोरानै जसको सारा संसार हुन्छ।

कसैले काँधमा राखेर निसाना लगायो,
हिंजो आज यस्तो पनि थुप्रै करार हुन्छ।

चर्चामा

सम्बन्धित समाचार