• होमपेज
  • बुढिनन्दा
  • बाजुराको कोल्टीबाट एकै दिन २ जना गर्भवती महिलाको हवाई उद्धार

बाजुराको कोल्टीबाट एकै दिन २ जना गर्भवती महिलाको हवाई उद्धार

  • शुक्रबार, माघ ५, २०८०
बाजुराको कोल्टीबाट एकै दिन २ जना गर्भवती महिलाको  हवाई उद्धार
फाइल तस्विर

बाजुरा– कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट एकै दिन २ जना गर्भवती महिलाको हवाई उद्धार गरिएको छ । जसमा बुढिनन्दा नगरपालिका १ जमसालका पुर्ण बहादुर खत्रीकी श्रीमती बर्ष २९ की संम्झना खत्री र सोही वडाकाे पिपलडाली स्थित  रमेशराज बिष्टकी श्रीमती बर्ष २५ की सरोस्वती बिष्टलाई कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट रेफर गरि सुर्खेत पठाएको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ ।

राष्ट्रपति महिला उथ्थान कार्यक्रम अन्तरगत नेपाली सेनाको हेलीकप्टर मार्फत शुक्रबार बिहान ११ बजे उनिहरुलाई सुर्खेत पठाईएको स्वास्थ्य संयोजक ओमजंग शाहीले बताए । उनिहरुको अवस्था गम्भिर रहेको र अपरेशन गर्नुपर्ने तर स्वास्थ्य केन्द्रमा अक्सिजन नभएका कारण रेफर गरिएको उनले बताए । अक्सीजन अभाव भएका कारण अपरेशन गर्ने बिरामी रेफर गर्नुपर्ने बाध्यता रहेको स्वास्थ्य संयोजक शाहीले बताए ।
यता जिल्ला अस्पतालमा रहेको अक्सीजन पलान्टबाट सिलिण्डरमा भर्ने यन्त्र बिग्रेका कारण केही दिनदेखी अक्सीजन सिलिण्डर भर्न नसकिएको जिल्ला अस्पताल बाजुराका सुचना अधिकारी नृपराज गिरीले बताए ।
उनका अनुसार पलान्टमा बिग्रेको यन्त्र बनाउने मान्छे बाटोमा रहेको र शनिबार साझँसम्म बनाई सकिने बताए । जिल्ला अस्पतालमा रहेको यन्त्र शनिबार बनाएर आइतबार बिहान सम्म कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा अक्सिजन सिलिण्डर पठाउन सकिने सुचना अधिकारी गिरीले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार