• होमपेज
  • बाजुरा बिशेष
  • मोजाको बल गुडाउने संघर्षबाटै बाजुराकी सरिता राष्ट्रिय फुटबल टिममा

मोजाको बल गुडाउने संघर्षबाटै बाजुराकी सरिता राष्ट्रिय फुटबल टिममा

साफ यू–१९ खेल्ने टिममा सुदूरपश्चिमका मात्रै ८ जना

  • शुक्रबार, माघ ५, २०८०
मोजाको बल गुडाउने संघर्षबाटै  बाजुराकी सरिता राष्ट्रिय फुटबल टिममा

बाजुरा– बाजुराकी सरिता नाथ नेपाली यू–१९ राष्ट्रिय महिला फुटबल टिममा परेकी छन् । बडीमालिका नगरपालिका–२ घागर घर भएकी सरिता आगामी फेब्रुअरी २ देखि ८ सम्म बंगलादेशको ढाकामा हुने च्याम्पियनसिपका लागि टिममा परेकी हुन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले जारी गरेको २३ सदस्यीय अन्तिम टोलीमा सरिताको नाम पनि समावेश छ । घोषित २३ जनाकै टोली भित्रबाट नै खेल खेल्न पाउने छन् । राष्ट्रिय जर्सि सहीत अन्र्तराष्ट्रिय फुटबल खेल्ने सरिता बाजुराको पहिलो हुन् ।

छनोट सूची सार्वजनिक गरेकै दिन सरिता १८ वर्षको उमेर पुरा गरिन् । जन्मदिन नै जीवनमा ठुलो सफलता हासिल हुने दिनको रुपमा पाएँ, धेरै खुुसी छु, एन्फाको बन्द प्रशिक्षणमा रहेकी सरिताले जानकारी गराएका छन् ।

कक्षा ५ सम्म कैलालीको अत्तरियामा आफन्तसँग बसेर पढेकी सरिताले ६ देखि कक्षा १० सम्मकमो पढाई मार्तडी स्थित क्रियटर जोन ऐकेडेमीबाट सकाएकी हुन् । सानै देखिको फुटबलमा रुचि राख्ने सरिताले व्यवसायीक फुटबल भने अझै खेल्न पाएकी छैनन् ।

बुबा नेपाली सेनाको जागिरे छन् । दुई भाइ बहिनी र आमालाई पनि पालन पोषण र हेरचाह सबै जिम्मेवारी बुवाकै काँधमा छ । त्यसैले पनि सरिताले घरका सँग माग गरे अनुसारकै विद्यालय र फुटबलका लागि उपयुक्त अवसर पाएकी छैनन् ।

कक्षा ७ पढ्दै गर्दा रानीवन स्पोर्ट्स क्लबले मार्तडीमा रानीवन कप महिलाका लागि आयोजना गरेपछि सरिताले पहिलो पटक भाग लिएकी थिइन् । क्रियटरबाटै टिम बनाएर खेलेको पहिलो सुरुवादी सरिताले सम्झीने गरेकी छन् ।

जब एसइइ सकाएर ११ र १२ कक्षा अध्ययनका लागि सरिता धनगढी गइन् । एक्सेस विद्याआश्रममा विज्ञान विषय लिएर पढ्न थालिन् । उनले आफ्नो रुचिको खेल फुटबल मोह त्याग्न सकिनन् । घरकाले नजानु भनेपनि उनले थाहै नदिइ धनगढी रंगशाला जाने र फुटबल खेल्न थालिन् ।

एक वर्षको लगातारको अभ्यास पछि सरिताले जीवनकै ठूलो सफलता हात पारेकी छन् । जुनसुकै खेल र खेलाडीका लागि त्यो देशको राष्ट्रिय टिमबाट खेल्नु अन्तिम लक्ष्य वा गन्तव्य हुन्छ । सरिताले त्यो लक्ष्य १८ वर्ष पुगेकी दिन भेटाएकी छन् ।

२३ जनाको टिममा सुदूरपश्चिमबाट ८ जना समावेश छन् । रपनि सरिताले आफू टिम ११ मा पर्ने विश्वास गरिन् । मेरो खेल, स्टामीना पनि राम्रै छ । देशका लागि पहिलो अवसरलाई सकेजति सदुपयोग गर्छु,, सरिताले भनिन् ।

अभ्यास र निरन्तरताले नै सबैथोक दिने रहेछ, सरिताले बाजुरामा आयोजना हुने खेलमा भाग लिएको कुरा स्मरण गर्दै खुसी व्यक्त गरिन् । रानीवन र क्रियटरले आयोजना गर्ने खेलमा जहिलेपनि भाग लिन्थ्यौं, गएको तिहारमा केपी बा स्पोर्टस् क्लबसँग मिलेर आयोजक भएर खेल आयोजना गरियो । त्यो महिला फुटबलमा खेलाडीको आकर्षण बढाउन थियो, सबैको साथ रह्यो, त्यही सहकार्यले यहाँ पुगेकी छु, थप सहयोग चाहिरहनेछ, सरिताले थपिन् ।

मोजाको बल बनाएर फुटबल खेल्ने सरिता नेपालको राष्ट्रिय टिममा परेपछि घर परिवार सहीत सिंगो बाजुराका लागि गर्वको विषय बनेको छ । फुटबल नखेल्नु भन्ने घर परिवार जति खुसी अरु कोही छैनन्, सरिताले खुसी हुदै भनिन् ।

सरितालाई पनि गरिबी र अभावले फुटबल मोह र सफलता हात पार्न कहिँ कतै रोकेन् । बरु निरन्तरताको संघर्षले सफलता दिलाई छोड्यो । अब बाजुराकी सरिता नेपालको जर्सीमा देशका लागि खेल्नेछन् । त्यो पनि अरु देशका विरुद्ध मैदानमा उत्रिएर नै ।

बन्द्र प्रशिक्षणका लागि बोलाइएको ३५ जनाको प्रारम्भिक टोलीबाट अन्तिम टोली चयन गरिएको हो । साफ यू–१९ महिला च्याम्पियनसिपमा नेपाल र बंगलादेशसहित भारत र भुटान गरी चार टोलीले प्रतिस्पर्धा गर्नेछन् । च्याम्पियनसिप सिंगल राउण्ड रोविनका आधारमा हुनेछ र लिग चरणपछि शीर्ष दुईमा रहने टोलीले लागि उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

नेपालले फेब्रुअरी २ मा घरेलु टोली बंगलादेशसँग पहिलो खेल खेल्नेछ । नेपाली टोलीमा गोलिकपर सुजाता तामाङ, करुणा बुढाथोकी, लिला जोशी डिफेण्डर दिव्य यसमाली मगर, सिता रोकाया, रोजिता विष्ट, सरिता कुमारी नाथ, गंगा रोकाया, सिमरन राई, माया मास्के छन् ।

यस्तै मिडफिल्डर बिर्सना चौधरी, झुमा विश्वकर्मा, साराह बज्राचार्य, सुशिला केसी, भावना परियार, पुनम चेम्जोङ, फरवार्ड सेनु परियार, सुक्रिया मिया, बर्षा ओली, लिला चन्द ठकुरी, पुर्निमा राई, समिक्षा मगर, सजिना स्याङ्गतान रहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार