बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • प्रदेश २
  • मधेश सरकारले आज स्वाभिमान दिवस मनाउँदै, उपलब्धि सार्वजनिक गर्ने

मधेश सरकारले आज स्वाभिमान दिवस मनाउँदै, उपलब्धि सार्वजनिक गर्ने

  • बुधबार, माघ ३, २०८०
मधेश सरकारले आज स्वाभिमान दिवस मनाउँदै, उपलब्धि सार्वजनिक गर्ने

जनकपुरधाम— मधेश सरकारले आज स्वाभिमान दिवस मनाउँदैछ ।

आजकै दिन २०७८ माघ ३ गते प्रदेशको नामाकरण ‘मधेश’ र राजधानी जनकपुरधाम पारित भएकोले स्वाभिमान दिवस मनाउन लागेको हो ।

गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले माघ ३ गतेको दिनलाई स्वाभिमान दिवस मनाउने निर्णय गरेको थियो ।

आज मधेश सरकारले जनकपुरधामस्थित महेन्द्र नारायाण निधि मिथिला संस्कृति केन्द्रमा बिहान ११ बजे स्वाभिमान दिवस मनाउने र त्यहीँ मुख्यमन्त्री सरोजकुमार यादवको एक वर्षे कार्यकालको प्रमुख कार्यविवरण सार्वजनिक गर्ने कार्यक्रम आयोजन गरेको छ ।

२७ पुस २०७९ मा मुख्यमन्त्री नियुक्त भएका यादव २९ पुसमा शपथ लिएका थिए । गत पुस २९ गते मधेश सरकारको दोस्रो कार्यकालको एक वर्ष पूरा भएको थियो ।

चर्चामा

सम्बन्धित समाचार