आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बुढिगंगाको दुधिर आधारभूत विद्यालयका बिद्यार्थीलाई न्यानो लुगा वितरण

बुढिगंगाको दुधिर आधारभूत विद्यालयका बिद्यार्थीलाई न्यानो लुगा वितरण

  • मङ्लबार, माघ २, २०८०
बुढिगंगाको दुधिर आधारभूत विद्यालयका बिद्यार्थीलाई न्यानो लुगा वितरण

बाजुरा —बाजुराको बुढिगंगा नगरपालिका ९ जुवापानीको दुधिर आधारभूत विद्यालयका बिद्यार्थीहरुलाई न्यानो लुगा वितरण गरिएको छ । काठमाडौँमा व्यापार व्यवसाय गर्दै आएका आरके देव श्रेष्ठ र सरोज घलेको सहयोगमा दुधिर आधारभूत विद्यालयका २ सय ३८ बिद्यार्थीहरुलाई न्यानो लुगा (जकेट) वितरण गरिएको हो ।

जाडोको समयमा बिद्यार्थीहरुलाई केहि सहयोग पुगोस भन्ने उदेश्यले न्यानो लुगा वितरण गरिएको व्यवसायी आरकेदेव श्रेष्ठले बताएका छन । उनिहरु आफै बिद्यालय पुगेर न्यानो लुगा वितरण गरेका छन् । लामो समय देखी ब्यापार सँगै सामाजिक सेवा गर्दै आएका श्रेष्ठले बाजुरामा भने पहिलो पटक पुगेर सहयोग गरेका छन् ।

No description available.

जाडोको समयमा काठमाडौँमा व्यावसाय गर्ने व्यावसायीहरुले बिद्यार्थीहरुलाई न्यानो लुगा सहयोग गरेको भन्दै सहयोगी व्यवसायीहरुलाई विद्यालयका प्रधानाध्यापक बिक्रम बहादुर सिंह सहित विद्यालय परिवारले धन्यवाद दिएका छन । लुगा वितरण कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष घन बहादुर सिंहको अध्यक्षतामा भएको थियो ।

कार्यक्रममा प्रमुख अथिति वडा अध्यक्ष मिन बहादुर सिंह रहेका थिए । अथितिमा विद्यालयका प्रधानाध्यापक बिक्रम बहादुर सिंह, सहयोगी आरके देव श्रेष्ठ र सरोज घले, बडिमालिका फाउण्डेसन नेपालका अध्यक्ष प्रकाश बहादुर सिंह, बुढिगंगा दलित नेटर्वकका अध्यक्ष भरत नेपाली, विद्यालयका शिक्षक शिक्षिका, विद्यार्थी अभिभावक लगायतको सहभागिता रहेको थियो ।

विद्यालयका शिक्षक मदन जोशीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन शिक्षक अमर खड्काले गरेका थिए । व्यवसायी आरकेदेव श्रेष्ठ दुख र समस्या पर्दा दिनदुखीलाइ सहयोग गर्दै आएका छन् । ब्यापार सँगै सामाजिक भावनामा समेत उनमा रहेको छ ।

No description available.

No description available.

No description available.

चर्चामा

सम्बन्धित समाचार