शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • समाज
  • बाजुरा अस्पतालमा फिजियोथेरापी सेवा सञ्चालन

बाजुरा अस्पतालमा फिजियोथेरापी सेवा सञ्चालन

  • सोमवार, पुस २३, २०८०
बाजुरा अस्पतालमा फिजियोथेरापी सेवा सञ्चालन

टेक बहादुर बुढा —जिल्ला अस्पताल बाजुरामा फिजियोथेरापी सेवा सञ्चालन भएको छ । सोमबार एक औपचारिक कार्यक्रमका बिच जिल्ला अस्पतालमा फिजियोथेरापी सेवा सञ्चालनको उद्धाटन गरिएको हो ।

जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकायाले फिजियोथेरापी मेसिन सेवाको उद्धाटन गर्दै फिजियोथेरापी सम्बन्धी एक जना बिरामीको उपचार गर्दै उक्त सेवा आजबाट सुरु भएको छ । दुर्गम जिल्लामा विविध समस्याकाबिच पनि गुणस्तरिय तथा भरपर्दो सेवा दिदै आएको जिल्ला अस्पताल बाजुरामा फिजियोथेरापी सेवा सुरु भएसंगै महंगो शुल्क तिरेर जिल्लाबाट धनगढी लगायत बाहिर गएर उपचार गर्नुपर्ने बाध्यता हटेको जिल्ला अस्पताल बाजुराले जनाएको छ ।

अस्पतालमा दैनिक फिजियोथेरापी सम्बन्धी बिरामी आउने, सबैले माग गरिरहेकोले लामो पहलपछि एचआरसी बाजुरा र हेन्डीक्याप ईन्टरनेश्नल फेड्रशन नेपालको आर्थिक सहयोगमा अस्पतालमा फिजियोथेरापी सेवा सुरु गरिएको बाजुरा अस्पताल प्रमुख समिता पुनले बताएकी छन । बाजुरा अस्पतालमा फिजियोथेरापी सेवा सुरु भएसंगै आर्थिक अभावले लाखौ रुपैयाँ खर्च गरेर उपचार गर्न नसक्ने नागरिकहरुलाई सहज हुने प्रमुख पुनले बताइन् ।

फिजियोथेरापी सेवा ३ बर्षसम्मका लागि एचआरसी बाजुराद्धारा सञ्चालित एई परियोजनाको सहयोगमा सुरु जनाएको छ । ढाड, कम्मर, गर्दन दुख्ने समस्या,हाडजोर्नी तथा नशा सम्बन्धी समस्या, मेरुदण्ड, मांसपेशी, श्वासप्रश्वास, हाड भाचिँएपछि जाम तथा विकृत हुने लगायतका समस्या भएका बिरामीहरुका लागि फिजियोथेरापी सेवामार्फत उपचार हुने अस्पतालका सूचना अधिकारी नृपराज गिरीले बताए ।

बाजुरा अस्पतालले प्रदान गर्ने विभिन्न सेवा सञ्चालन व्यावस्थापनका लागि जिल्लाका हरेक पालिकाले आर्थिक स्रोत बाहिर नदिएर बाजुरा अस्पतालमा लगानी गर्नुपर्ने कार्यक्रमका प्रमुख अथिति जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकायाले बताए ।

जिल्ला अस्पतालमा पहिलो पटक नविन सेवा फिजियोथेरापी सुरु हुनु निकै गर्भको कुरा भएको र यस सेवालाई निरन्तर सुचारु गर्न सबै सरोकारवालाहरुसंगै बाजुराका स्थानिय तहरुले बिशेष सहयोग तथा सहकार्यका साथ लाग्नुपर्ने उद्धाटन कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन ।

बाजुरा अस्पताल बाजुराका सबै नागरिकले सेवा लिने अस्पताल हो भन्ने सोचका साथ जिल्लाका स्थानिय तहरुले आर्थिक सहयोग गर्न सकेमा अस्पतालले सबै सेवा निशुल्क गर्ने अस्पताल व्यवस्थापन समिति अध्यक्ष मान बहादुर कार्कीले बताए । अस्पताल व्यवस्थापन समिति अध्यक्ष मान बहादुर कार्कीको अध्यक्षतामा सुरु भएको फिजियोथेरापी सेवा सञ्चालन उद्धाटन कार्यक्रममा प्रमुख अथिति जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोेकाया रहेका थिए ।

बिशिष्ट अथितिमा बडिमालिका नगरपालिका नगर उपप्रमुख नन्दा थापा, अथितिमा सहायक प्रमुख जिल्ला अधिकारी रामकुमार तिमिल्सेना, अस्पताल प्रमुख समिता पुन, एचआरसी बाजुराका अध्यक्ष निर शाही, अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी पत्रकार लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमको सञ्चालन अस्पतालका सूचना अधिकारी नृपराज गिरीले गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार