मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • समाज
  • सर्लाहीमा मृत्यु भएका प्रदर्शनकारीको परिचय खुल्यो, ६ प्रहरीसहित ८ जना घाइते

सर्लाहीमा मृत्यु भएका प्रदर्शनकारीको परिचय खुल्यो, ६ प्रहरीसहित ८ जना घाइते

  • शुक्रबार, पुस २०, २०८०
सर्लाहीमा मृत्यु भएका प्रदर्शनकारीको परिचय खुल्यो, ६ प्रहरीसहित ८ जना घाइते

जनकपुरधाम— सर्लाहीको बरहथवामा प्रदर्शनको क्रममा मृत्यु भएको युवकको पहिचान खुलेको छ । मृत्यु हुने बरहथवा नगरपालिका ६ का ३० वर्षीय जयशंकर साह रहेका छन् ।
उनको झडपको क्रममा प्रहरीले चलाएको गोली लागेर मृत्यु भएको आन्दोलनकारीले दाबी गरेका छन् ।

तर प्रहरीले यसको पुष्टि भने गरिसकेको छैन । शव आन्दोलनकारीकै नियन्त्रणमा रहेकाले के कारणले मृत्यु भएको हो बुझ्न नसकिएको मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी श्याम महतोले बताए ।
प्रहरीले आक्रामक आन्दोलनकारीको भीड नियन्त्रणमा लिन हवाई फायर र अश्रुग्यास प्रहार गरेको उनले बताए ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाका अनुसार झडपको क्रममा ६ जना प्रहरी र दुईजना स्थानीय घाइते भएका छन् ।

बरहथवा ६ स्थित प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नतिका लागि मधेश प्रदेश सरकारलाई हस्तान्तरण गर्ने नगर कार्यपालिकाको निर्णय कार्यान्वयन गर्न माग गर्दै नेपाली कांग्रेससहितका दलले गरेको प्रदर्शनको क्रममा प्रहरीसँग झडप भएको थियो ।

आन्दोलनकारीले नगरपालिका कार्यालय तथा नगरप्रमुख कल्पनाकुमारी कटुवालको घरमा ढुङ्गामुढा गर्न थालेपछि प्रहरीले नियन्त्रणमा लिन बल प्रयोग गरेको जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार