सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बुढीगंगा नगरपालिका स्तरिय चाैथाे राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

बुढीगंगा नगरपालिका स्तरिय चाैथाे राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

  • शुक्रबार, पुस २०, २०८०
बुढीगंगा नगरपालिका स्तरिय चाैथाे राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

बाजुरा —बुढीगंगा नगरपालिका स्तरिय चाैथाे राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजबाट सुरु भएको छ । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ यस वर्षकाे नगरस्तरीय चाैथाे राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो ।

प्रतियाेगिताकाे  शनिबार एक औपचारिक कार्यक्रमका विच नेकपा एमाले बाजुराका सचिव भरत थापाले उद्घाटन गरेका छन् ।
उक्त नगरस्तरीय चाैथाे राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिता भानाेदय माविमा सूरू भएकाे नगरपालिकाले जनाएकाे  छ । प्रतियाेगितामा पालिका भित्रका ८ वटा मावि विद्यालय सहभागि भएकाे बुढीगंगा-६ काअध्यक्ष तथा नगरप्रवक्ता हेमराज जैशीले बताएका छन्।

बुढीगंगा नगरप्रमुख रामबहादुर बानियाँकाे अध्यक्षतामा सुरू भएकाे प्रतियाेगितामा प्रमुख अतिथि नेकपा एमाले बाजुरा पार्टी सचिव भरत थापा रहेका थिए । त्यस्तै विशिष्ट अतिथि जिल्ला समन्वय समितिका सदस्य हिक्मत थापा, उपप्रमुख माया खड्का कुँवर, कर्मचारी, वडा अध्यक्ष, विभिन्न विद्यालयका शिक्षक लगायत उपस्थिति रहेकाे प्रतियाेगताकाे संचालन नगरपालिकाका कर्मचारी टंक सिंहले गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार