• होमपेज
  • समाज
  • मानव अधिकार जलवायु र लैगिंक न्याय सम्बन्धी सरोकारवाला निकायसंग छलफल

मानव अधिकार जलवायु र लैगिंक न्याय सम्बन्धी सरोकारवाला निकायसंग छलफल

जलवायु परिवर्तनले पार्ने असर कम गर्न बनेका नीतियोजना कागजमा सिमित

  • बिहिबार, पुस १९, २०८०
मानव अधिकार जलवायु र लैगिंक न्याय सम्बन्धी सरोकारवाला निकायसंग छलफल

बाजुरा —मानव अधिकार जलवायु परिवर्तन र लैगिंक न्यायसम्बन्धी सरोकारवाला निकायसंग बहुपक्षिय संवाद कार्यक्रम सम्पन्न भएको छ । युथ एड्भोकेसी नेपालको आयोजना राष्ट्रिय मानव अधिकार आयोगको समन्वय र कीओस फाउण्डेशनको सहकार्यमा सो कार्यक्रमको आयोजना गरिएको हो ।

मानव अधिकार, जलवायु परिवर्तन र लैगिंक न्यायले मानव समुदाय तथा क्षेत्रमा परेको प्रभावका बारेमा सरोकारवाला निकायसंग छलफल छलफल गरिएको हो । मानव अधिकारको अवस्था, लैगिंक तथा जलवायु परिवर्तनले मावन समुदायमा परेको असरका बारेमा छलफल र सो बिषयमा उठेका प्राप्त सुझावलाई राष्ट्रिय मानव अधिकार आयोगमा पेश गर्ने उदेश्यका साथ बहुपक्षिय संवाद कार्यक्रम गरिएको युथ एड्भोकेसी नेपालका सहजकर्ता मदनराज जैशीले बताए ।

जलवायु परिवर्तनले समग्र विश्वमा नकारात्मक असर पारिरहेको भएपनि बाजुरा जस्ता विकट क्षेत्रका समुदायहरु यसबाट प्रत्यक्ष असर भोगिरहेकाले नीतिगत योजनाका साथ सम्बन्धित क्षेत्रमा काम गर्नुपर्नेमा सहभागीहरुले जोड दिएका छन ।

जलवायु परिवर्तनका असर कम गर्न राष्ट्रिय तहमै विभिन्न नीतिगत प्रयास र योजना बने पनि सम्बन्धित प्रभावित क्षेत्रमा कार्यान्वय हुन नसकेकाले यसमा स्थानिय तहलाई पनि जिम्मेवार बनाउन आवाज उठाउनु पर्ने पिसविन नेपाल बाजुराका कार्यक्रम संयोजक महेश जोशीले बताए ।

जलवायु परिवर्तनका असर कम गर्न बनेका नीतिगत योजना स्थानिय तहबाट प्रभावित क्षेत्रमा पुगेर बुझ्ने र सो क्षेत्रलाई प्रमुख प्रथामिकतामा राखेर कार्यान्वयनमा जोड दिनुपर्ने डिभिजन वन कार्यालयका निमित्त प्रमुख सुवास ऐडीले बताए । त्यसै गरि बाजुरामा धेरैजसो सडकमा डोजरको आतंक लगायत विकासका पुर्वाधारबाट विभिन्न प्रकोट उत्पन्न हुने गरेकाले यसमा सचेत भएर सबैसंग पहल गर्दै काम गर्न सके जलवायुको असर कम गर्न सकिने कार्यक्रममा बोल्ने वक्ताहरुले धारण राखेका थिए ।

जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकायाको प्रमुख अथितिमा सुरु भएको बहुपक्षिय संवाद कार्यक्रममा बडिमालिका नगरपालिकाका निमित्ति प्रमुख प्रशासकिय अधिकृत हिक्मत रावल, नगर स्तरिय युवा संजालका प्रतिनिधि, विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रतिनिधि, सुरक्षाकर्मी पत्रकार लागयतको सहभागीता रहेको थियो ।

गिफ्ट नेपाल बाजुराका कार्यक्रम प्रबन्धक कृष्ण अधिकारी एड्भोकेसी नेपालका प्रतिनिधी मदनराज जैशी डिभिजन बन कार्यालयका निमित्त कार्यालय प्रमुख शु्वास ऐडीले प्रस्तुती गरेको कार्यक्रमको सञ्चालन एड्भोकेसी नेपालका प्रतिनिधी मदनराज जोशीले गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार