बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुराको बडिमालिका नगरपालिका दुर्गममा समावेश अन्य पालिका अति दुर्गममा

बाजुराको बडिमालिका नगरपालिका दुर्गममा समावेश अन्य पालिका अति दुर्गममा

  • सोमवार, पुस १६, २०८०
बाजुराको बडिमालिका नगरपालिका दुर्गममा समावेश अन्य पालिका अति दुर्गममा

बाजुरा —संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सुदूरपश्चिमका ८८ पालिकाको वर्गीकरण गरेको छ । मन्त्रालयको वर्गिकरण अनुसार बाजुराका एक पालिका दुर्गममा समावेश भएको छ भने बाकी अन्य पालिका अति दुर्गममा समावेश भएका छन ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको नयाँ वर्गीकरण अनुसार बाजुराको सदरमुकाम मार्तडी स्थित बडिमालिका नगरपालिका दुर्गम अर्थात वर्गिकरण ‘ख’ मा समावेश गरिएको छ । त्यसैगरि बाजुराका खप्तड छेडेदह, गौमुल हिमाली, जगन्नाथ र स्वामिकार्तिक खापर गाउँपालिका अति दुर्गम पालिकामा समावेश भएका छन ।

त्यस्तै जिल्लाका त्रिवेणी, बुढिगंगा र बुढिनन्दा नगरपालिका पनि अति दुर्गम स्थानिय तहमा वर्गीकरण गरिएका छन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको वर्गीकरण अनुसार सुदूरपश्चिम प्रदेशका ८८ पालिका मध्ये ४ पालिका मात्रै सुगम क्षेत्रमा परेका छन ।

कैलालीको धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, टीकापुर नगरपालिका र कञ्चनपुरको भीमदत्त नगरपालिका वर्गीकरण ‘घ’ अर्थात सुगम पालिकामा राखिएको छ ।

मन्त्रालयको नयाँ वर्गीकरण अनुसार सुदूरपश्चिमका १३ पालिका मध्यम, १३ पालिका दुर्गम र ४६ पालिका अति दुर्गममा परेका छन ।

चर्चामा

सम्बन्धित समाचार