बिहिबार, कार्तिक १, २०८१
  • होमपेज
  • समाज
  • कञ्चनपुरमा ट्याक्टरको ठक्करबाट बालिकाको मृत्यु

कञ्चनपुरमा ट्याक्टरको ठक्करबाट बालिकाको मृत्यु

  • आइतवार, पुस १५, २०८०
कञ्चनपुरमा ट्याक्टरको ठक्करबाट बालिकाको मृत्यु

कञ्चनपुर —कञ्चनपुरमा ट्याक्टरको ठक्करबाट बालिकाको मृत्यु भएको छ।

जिल्लाको लालझाडी गाउँपालिका-६ चानदेव ढक्का स्थित सुदूरपश्चिम प्रदेश ०१००२ त ७०१३ नम्बरको ट्याक्टरको ठक्करबाट सोहि ठाउँका भुपेन्द्र सिंहको ११ वर्षीया छोरी अमृता सिंहको घटना स्थलमा नै मृत्यु भएको हो।

ट्याक्टर र ट्याक्टर चालक शुक्लाफाटा नगरपालिका-१२ का ४० वर्षीय मानबहादुर रानालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। दुर्घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

चर्चामा

सम्बन्धित समाचार