बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • गौमुल गाउँपालिकाले पाठेघर खसेका महिलाको निःशुल्क शल्यक्रिया

गौमुल गाउँपालिकाले पाठेघर खसेका महिलाको निःशुल्क शल्यक्रिया

  • मङ्लबार, पुस १०, २०८०
गौमुल गाउँपालिकाले पाठेघर खसेका महिलाको निःशुल्क शल्यक्रिया

बाजुरा– लामो समयदेखि पाठेघर खस्ने समस्याले पीडित बनेर घरमै बसिरहेका महिलाहरुको निःशुल्क रुपमा शल्यक्रिया गरिने भएको छ । गौमुल गाउँपालिकाले पाठेघर खसेका महिलाहरुको निःशुल्क उपचार  धनगढीमा गर्ने भएकाे हाे । पालिकामा रहेका पाठेघर खस्ने समस्या भएका महिलाहरुलाई धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा निःशुल्क शल्यक्रिया सहित उपचारका लागि पठाएको स्वास्थ्य शाखा प्रमुख हरिशचन्द्र विकले बताएका छन् ।
गरिबी र लाजका कारणले पीडा लुकाएर बसेका महिलाहरुको स्थानीय सरकारले सम्पूर्ण बन्दोबस्त गर्ने गरी धनगढी पठाएको अध्यक्ष हरि बहादुर रोकायाले बताएका छन् ।

उपचारमा पठाएका महिलाहरुको धनगढी जान आउन तथा खान बस्नको व्यवस्था सहित उनीहरुका साथमा एक/एक जना कुरुवा समेत पठाइएको छ । जिल्लामा उपचार सम्भव नभएपछि शल्यक्रियाका लागि धनगढी पठाएको, उनले भने, “अहिले उनीहरु चारै जनाको शल्यक्रिया भएर घर फर्कने तयारीमा छन् ।

चर्चामा

सम्बन्धित समाचार