सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • राजेश हमाल अभिनीत गीत ‘हाम्रो जे भने नि तिमी’ सार्वजनिक

राजेश हमाल अभिनीत गीत ‘हाम्रो जे भने नि तिमी’ सार्वजनिक

  • मङ्लबार, पुस १०, २०८०
राजेश हमाल अभिनीत गीत ‘हाम्रो जे भने नि तिमी’ सार्वजनिक

अभिनेता राजेश हमालको अभिनय रहेको ‘हाम्रो जे भने नि तिमी’ बोलको गीत सार्वजनिक भएको छ । डा.रमिल अधिकारीको शब्द, ज्ञानेन्द्र गिरीको संगीत रहेको गीतमा गायक सुप्रिम मल्ल ठकुरी र गायिका ज्यास्परको स्वर छ । गीतको एरेन्ज विशाल निरौलाले गरेका हुन् ।

सन्तानका लागि बाबुको प्रेम देखाउन खोजिएको भिडियोमा अभिनेता हमालको अलावा गायक गायिका सुप्रिम मल्ल ठकुरी र ज्यास्परको अभिनय छ । भिडियोको निर्देशन प्रकाश धितालले गरेका हुन् ।

भिडियोमा उत्सव दाहालको छायांकन, विकाश दाहालको सम्पादन रहेको छ । गीतकार अधिकारी नेपाल सरकारको तर्फबाट न्युजिल्याण्डका लागि पर्यटन दूतका रुपमा पनि कार्यरत छन् ।

चर्चामा

सम्बन्धित समाचार