शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडीमालिकामा विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमको अनुगमन बैठक सम्पन्न

बडीमालिकामा विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमको अनुगमन बैठक सम्पन्न

  • सोमवार, पुस ९, २०८०
बडीमालिकामा विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमको अनुगमन बैठक सम्पन्न

बाजुरा– विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम सञ्चालन भएका विद्यालयको अनुगमन तथा समिक्षा बैठक सम्पन्न गरिएको छ । विश्व खाद्य कार्यक्रम आइडिएस नेपालको सहकार्यमा स्वास्थ्य तथा पोषण कार्यक्रम सञ्चालन भएका बडीमालिका ८ स्थित मालिका मावि र ९ को मष्टेश्वरी आधारभुत विद्यालय र मालिका माबिको अनुगमन संगै पालिका स्थरिय समिक्षा गोष्ठी सम्पन्न गरिएको हो ।
बडिमालिका नगरपालिकाका २५ बिध्यालयका २ हजार ८ सय ३० जना बालबालिकाहरु दिवा खाजामा समाबेश गरिएको आईडिएस नेपालका कार्यक्रम संयोजक प्रेम खनालले बताएका छन । स्वास्थ्य तथा पोषण कार्यक्रममा बिध्यालयमै प्राथमिक स्वास्थ्य जाँच,नियमित जुकाको औषधी, रक्तअलपता रोकथामका लागि आईरन चक्की वितरण, प्राथमिक उपचारका लागि किटबक्स बितरण, दिवाखाजा प्रबद्धन, महिनावारी स्वछन्दता तथा वातावरणिय सरसफाई लगायतका कार्यहरु आईडिएस नेपालले गर्दै आएको बताए ।
कार्यक्रमको प्रभावकारीता, कार्यक्रम सञ्चालन पछिको उपलब्धी बारे सरोकारवाला निकायका प्रतिनिधी सम्मेलित टोलीबाट अनुगमन गराएको आइडीएस नेपालकी सहजकर्ता सर्मीला रावलले जानकारी दिएकी छन् । नगर प्रमुख अमर खड्का, समन्वय उप प्रमुख लाछु शार्की, उपप्रमुख नन्दा कुमारी थापा सहीतको टोलीले अनुगमन गरेको हो ।
नगरपालिकाका प्रमुख उपप्रमुख सहीत सम्बन्धीत वडाका अध्यक्ष, कृषि ज्ञान केन्द्र, स्वास्थ्य कार्यालय, शिक्षा तथा समन्वय इकाइ, युवा तथा खेलकुद शाखा, पत्रकार महासंघ, गैसस, बहुक्षेत्रीय पोषण कार्यक्रम सहीतको सहभागिता अनुमनमा सहभागि थिए । अनुगमनका सहभागिले विद्यार्थीले खाएको खाजाको अभिलेख चुस्त रुपमा राखेको हुनुपर्ने, विद्यालयको प्रारम्भिक स्वास्थ्य जाचँ अभिलेख, सम्पूणर् विद्यार्थीलाई बर्षको दुई पटक जुकाको औषधी खुवाएको अभिलेख देखिने गरि राख्नु पर्ने सुझाव दिएका छन् । सोही अवसरमा कार्यक्रमको एक वर्षे समीक्षा कार्यक्रम पनि गरिएको छ । बर्षभरि आइडिएस नेपालले गरेका कार्यक्रम र गतिबिधी बारे पनि जानकारी गराइएको थियो ।
विद्यालय पोषण कार्यक्रमले शिक्षाको गुणस्तर सुधारका लागि राम्रो प्रतिफल हासिल गरेको नगर प्रमुख अमर खड्काले बताएका छन् । यसको निरन्तरता र नगर सरकारले गर्नु पर्ने सहयोगका लागि पनि आफू प्रतिवद्ध रहेको खड्काले प्रतिवद्धता व्यक्त गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार