टेकबहादुर बुढा —बाजुराको खप्तड छेडेदह गाउँपालिकालाई काठमाडौं महानगरपालिकाले एम्बुलेन्स उपलब्ध गराउने भएको छ । महानगरले असोज ४ गते ३५ वटा एम्वुलेन्स वितरण गर्नका लागि देशभरका ईच्छुक स्थानिय तहलाई विवरण माग गरेको थियो ।
सोहि सुचनाका आधारमा खप्तड छेडेदह गाउँपालिकाले तोकिएको मापदण्ड अनुसार विवरण उपलब्ध गराई महानगरसंग एम्बुलेन्स माग गरेकाले महानगरले खप्तड छेडेदहलाई छनोट गर्दै एम्बुलेन्स दिने भएको जनाएको छ । आज महानगरपालिकाले खप्तड छेडेदह गाउँपालिकालाई पत्राचार गर्दै एम्बुलेन्स प्राप्त गर्न राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ बमोजिमको प्रक्रिया अपनाउदै ऐम्बुलेन्स दिन महानगरले पत्राचार गरेको हो ।
सोहि निर्देशिकाको ख बर्गको एम्बुलेन्स प्राप्त गर्न सोहि निर्देशिकाको दफा ५ अनुसार सम्पुणर् प्रक्रिया पुरा गरि जिल्ला। प्रदेश र राष्ट्रिय ऐम्बुलेन्स व्यवस्थापन समितिबाट ऐम्बुलेन्स सञ्चालन अनुमति लिनुपर्ने महानगरको पत्रमा उल्लेख गरिएको छ ।
त्यस्तै सो निर्देशिकाको दफा १३ बमोजिम ऐम्बुलेन्स लिन सबै प्रक्रिया पुरा राजस्व छुट पत्र प्राप्त भएपछि माघ मासान्तसम्म महानगरले ऐम्बुलेन्स उपलब्ध गराउने जनाएको छ ।