शुक्रबार, पुस १२, २०८१
  • होमपेज
  • अर्थ
  • ६० खर्ब पुग्यो बैंकहरूको निक्षेप

६० खर्ब पुग्यो बैंकहरूको निक्षेप

  • बुधबार, पुस ४, २०८०
६० खर्ब पुग्यो बैंकहरूको निक्षेप

काठमाडौं —बैंक तथा वित्तीय संस्थाको निक्षेप ६० खर्ब नाघेको छ । नेपाल राष्ट्र बैंकको पुस ३ गतेसम्मको तथ्यांकमा यो विवरण देखिएको हो ।

जसमा वाणिज्य बैंकको मात्र ५३ खर्ब २३ अर्ब रहेको छ । यस्तै अन्य बैंक तथा वित्तीय संस्थामा ६ खर्ब ९१ करोड रूपैयाँ रहेको केन्द्रीय बैंकको तथ्यांकमा छ । बैंक तथा वित्तीय संस्थाले गरेको कर्जा लगानी भने करिब ५० खर्ब पुगेको छ । बैंक तथा वित्तीय संस्थाले सर्वसाधारण तथा संस्थागत निक्षेप लिएर कर्जा प्रवाह गर्ने गरेका छन् ।

बैंकहरूको सीडी रेसियो (कर्जा पुँजी अनुपात) ७९.८९ प्रतिशत छ । यसले बैंकहरूसँग प्रशस्त लगानीयोग्य रकम (तरलता) रहेको इंगित गर्छ । यस्तै अन्तर बैंक ब्याजदर पनि ३ प्रतिशतभन्दा कम छ यसले बैंकहरूको व्याजर निकै सस्तो रहेको देखाउँछ । अहिले सर्वसाधारणको मुद्दती निक्षेपको ब्याजदर नै एकल अंकमा झरिसकेको छ ।

चर्चामा

सम्बन्धित समाचार