शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • प्रवास
  • मंसिर महिनामा ७१ हजारभन्दा बढी नेपाली बिदेसिए

मंसिर महिनामा ७१ हजारभन्दा बढी नेपाली बिदेसिए

  • बुधबार, पुस ४, २०८०
मंसिर महिनामा ७१ हजारभन्दा बढी नेपाली बिदेसिए

काठमाडौँ– मंसिर महिनामा ७१ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीका लागि बिदेसिएका छन् ।

वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार पुनः श्रम स्वीकृतिसहित ७१ हजार २७६ जनाले श्रम स्वीकृति लिएका छन् । जसमा ३६ हजार ८० जनाले पहिलो पटक श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागको तथ्यांकमा उल्लेख छ । मंसिर महिनामा संसारका १०८ देशमा वैदेशिक रोजगारीका लागि जान भन्दै नेपालीहरूले श्रम स्वीकृति लिएका छन् ।

त्यसरी बाहिरिनेमा ६४ हजार ३४२ जना पुरुष र ६ हजार ९३४ जना महिला रहेका छन् । श्रम स्वीकृति लिनेमा पनि ३१ हजार ४९६ जना पुरुष र ४ हजार ५८४ जना महिला रहेका छन् ।मंसिर महिनामा व्यक्तिगत श्रम स्वीकृतिमार्फत ७ हजार ९९७ जना बिदेसिएका छन् । मेनपावर तथा एजेन्सीमार्फत २६ हजार ३७५ जना बाहिरिएका छन् । ७३५ मेनपावर कम्पनीमार्फत उनीहरू बाहिरिएका हुन् ।

त्यस्तै मंसिर महिनामा सरकारले नै १ हजार ७०८ जनालाई वैदेशिक रोजगारीमा पठाएको छ । जसमा सबै जना दक्षिण कोरिया गएका छन् । व्यक्तिगत रूपमा पुनः श्रम स्वीकृति लिनेहरूको संख्या ३५ हजार १९६ रहेको छ ।वैदेशिक रोजगारीमा जाने सबैभन्दा बढी धनुषा जिल्लाका रहेका छन् । जहाँबाट मंसिर महिना मात्रै पुनः श्रम स्वीकृतिसहित ३ हजार ६२१ जनाले श्रम स्वीकृति लिएका छन् । त्यस्तै दोस्रोमा झापा रहेको छ ।

झापाबाट ३ हजार ३९७ जनाले पुनः श्रम स्वीकृतिसहित श्रम स्वीकृति लिएका छन् । त्यस्तै मोरङ, सिराह, रूपन्देही, महोत्तरी लगायतका जिल्लाबाट बढी गएको विभागको तथ्यांकले देखाएको छ ।

चर्चामा

सम्बन्धित समाचार