शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • समाज
  • बैतडीमा एक महिला मृत फेला

बैतडीमा एक महिला मृत फेला

  • शनिबार, मंसिर २३, २०८०
बैतडीमा एक महिला मृत फेला

बैतडी— बैतडीमा एक महिला मृत फेला परेकी छिन्। जिल्लाको सुर्नया गाउँपालिका–५ बिष्टपाली घर भएकी २१ वर्षीया बिनिता बिष्ट मृत फेला परेकी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले बताए।

बिनिता आफ्नै घर नजिकै आज (शनिवार) मृत अवस्थामा फेला परेकी हुन्।

मृतक बिष्टका श्रीमान महेश बिष्ट रोजगारीको सिलसिलामा मलेसियामा रहेको बुझिएको छ। घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार