मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • गौमुलका दुर्गम गाउँ अन्द्राडी र अम्लीसमा बल्यो बिजुली

गौमुलका दुर्गम गाउँ अन्द्राडी र अम्लीसमा बल्यो बिजुली

  • मङ्लबार, मंसिर १९, २०८०
गौमुलका दुर्गम गाउँ अन्द्राडी र अम्लीसमा बल्यो बिजुली

बाजुरा– गौमुल गाउँपालिकाका दुर्गम गाउँ अन्द्राडी, अम्लीसमा विजुली बलेको छ । दुर्गम गाउँमा उज्यालो अभियान सञ्चालन गरिरहेको कादुरी एग्रिकल्चरल एण्ड एसोशिएसन ब्रिटीस गार्खाज् नेपालले गौमुल गाउँपालिकाका दुई वटा वडामा विजुली बत्ती सेवा प्रदान गरेको हो ।

कादुरी संस्थाको आर्थिक सहयोग गौमुल गाउँपालिकाको सहजीकरणमा अन्द्राडी लघु जलविद्युत आयोजनाबाट १ सय किलोवाट क्षमताको विद्युत उत्पादन गरी वडा नं.१ र २ का गाउँबस्तीमा विजुली बालेकाे छ । आयोजनाको सोमबार एक समारोहकाबीच उद्घाटन गरिएको छ । कादुरी संस्थाको टिम जल विद्युतको उद्घाटनका लागि अन्द्राडी पुगेको थियो । गौमुल गाउँपालिकाका अध्यक्ष हरीबहादुर रोकाया र कादुरी संस्थाका डाइरेक्टरले संयुक्त रुपमा अन्द्राडी लघु जलविद्युतको उद्घाटन गरेका थिए । दुर्गमका गाउँबस्तीमा विद्युत सेवा उपलब्ध गराएको भन्दै गाउँपालिका अध्यक्ष हरीबहादुर रोकायाले कादुरी संस्थालाई धन्यवाद ज्ञापन गरेका छन् ।

उद्घाटन कार्यक्रममा अध्यक्ष रोकायाले उज्यालो गौमुल गाउँपालिका अभियानमा कादुरी संस्थाको योगदान अतुलनीय रहको बताउँदै विभिन्न खोला, नदीमा पनि झुलङ्गे निर्माण गरी नागरिकलाई सहज बनाईदिएमा संस्थाप्रति अभार व्यक्त गरेका थिए । कादुरीले ठुलो लगानीमा विद्युत निर्माण गरी स्थानीयलाई सहज बनाएको भन्दै आगामीक दिनमा पनि संस्थाप्रति सहयोगको अपेक्षा रहेको बताए । दुर्गका गाउँ बस्तीका स्थानीयलाई अध्यारोमा बस्नुपर्ने बाध्यतालाई हटाउने संकल्प सफल भएको बताउँदै अध्यक्ष रोकायाले जनताका आधारभूत आवश्यककतालाई पहिचना सहीत विभिन्न संस्थासंग सहजीकरण, समन्वय र सकार्य गरी एक पछि अर्को पुरा गरिदै जाने बताएका छन् ।

कार्यक्रममा कादुरी संस्थाका डाइरेक्टरले परियोजनाको काम सहज रुपमा सम्पन्न भई हस्तान्त्रण गर्न पाउँदा खुशी लागेको बताएका छन् । यहाँका जनताले इमान्दार रुपमा काम गरी परियोजनालाई सफल बनाएको बताउँदै गौमुलका बासिन्दालाई कादुरी संस्थाले विद्युत निर्माण गरी चिनो छाडेर गएको बताएका छन् । आगमीक दिनमा विद्युतको संरक्षण गरी सही ढंगले उपभोक्तालाई सेवा प्रदान गर्न आग्रह गरेको थियो ।

अध्यारोमा रहेका नागरिकलाई उज्यालोको पहुँचमा पुर्याउने उद्देश्य सहीत गौमुल गाउँपाकिाको सहजीकरण तथा कादुरी संस्थाको ८ करोड ८६ लाख र जनश्रमदान ३१ लाख ५० हजारमा विद्युत निर्माण भएको गाउँपालिका अध्यक्ष रोकायाले बताए ।

अन्द्राडी लद्यु जलविद्युत आयोजनाको २०७६ साल असोज ६ गते सम्झौता भई २०७७ साल फाल्गुन १७ गतेबाट काम सुरु भएको थियो । भने २०७९ असार २ गते काम सम्पन्न भएर विद्युत सफल परीक्षण सहीत गाउँमा विजुली झिलीमिली भएको अन्द्राडी लद्यु जलविद्युत परियोजना उपभोक्ता समितिका अध्यक्ष धनबहादुर रोकायाले बताएका छन् ।

अन्द्राडी लद्यु जलविद्युतबाट वडा नं.१ को माडी, भित्रीखोला, अम्लीस अन्द्राडी र वडा नं.२ को पौदाली, मल्लोगुगून, अजेटोट्की गाउँ गरी करिब ४ सय ८८ घरपरिवार लाभान्वित भएका छन् । सोलावर, झरो, टुक्की प्रयोग हुँदै आएको गाउँमा विद्युत निर्माण भएपछि यतिबेला गाउँबस्ती झिलीमिली भएका छन् । अध्यारोबाट उज्यालोको पहुँचमा आएपछि स्तानीय निकै हर्षित भएका छन् ।

विजुली बलेपछि कम्प्युटर, टेलिभिजन, मोबाईल, कुटानी पिसानीका मिल, फ्रिज लगायतका विद्युतीय उपकरण सञ्चालज गर्न सहज समेत भएको स्थानीय बताएका छन् ।

अन्द्राडी लद्यु जलविद्युत परियोजना समद्घाटन कार्यक्रममा गौमुल गाउँपालिका अध्यक्ष हरीबहादुर रोकाया, कादुरी संस्थाका डाईरहेक्टर, निर्देशक देबेन्द्र कुमार श्रेष्ठ, टेक्लीकल डाइरेक्टर नारायण गुरुङ्ग, वडा नंं १ वडाध्यक्ष देवेन्द्र बहादुर रोकाया, २ का वडाध्यक्ष देवबहादुर रोकाया र अन्द्राडी लघु जलविद्युत परियोजना उपभोक्ता समिति अध्यक्ष धनबहादुर रोकाया लगायत स्थानीयको बाक्लो उपस्थित रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार