मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • राजनीति
  • एमालेको ‘झुलाघाट–चिवाभञ्ज्याङ यात्रा’ आज कर्णाली प्रदेश प्रवेश गर्दै

एमालेको ‘झुलाघाट–चिवाभञ्ज्याङ यात्रा’ आज कर्णाली प्रदेश प्रवेश गर्दै

  • आइतवार, मंसिर १७, २०८०
एमालेको ‘झुलाघाट–चिवाभञ्ज्याङ यात्रा’ आज कर्णाली प्रदेश प्रवेश गर्दै

 नेकपा एमालेको ‘झुलाघाट–चिवाभञ्ज्याङ यात्रा’ कर्णाली प्रदेश प्रवेश गर्ने भएको छ। बैतडीको झुलाघाटबाट सुरु भएको यात्रा चौथो दिनमा कर्णाली प्रदेश प्रवेश गर्ने भएको हो।

एमाले अध्यक्ष केपी शर्मा ओलीले यात्रा आज कर्णाली प्रदेशको दैलेख प्रवेश गर्ने बताएका हुन्। सामाजिक सञ्जाल फेसबुक लेख्दै ओलीले तीन दिनसम्म सुदूरपश्चिम प्रदेशको तीन सय ५ किलोमीटर यात्रा पूरा गरेको जानकारी दिए।

बिहिवार नेकपा एमाले अध्यक्ष ओलीले बैतडीको झुलाघाटबाट अभियानको शुभारम्भ गरेका थिए। यो अभियानलाई नेकपा एमालेले ‘संकल्पको यात्रा’ नाम दिएको छ।

चर्चामा

सम्बन्धित समाचार