• होमपेज
  • राजनीति
  • नेकपा एमालेको संकल्प यात्राको तेस्रो दिन: आज सिलगढीबाट अछामसम्म

नेकपा एमालेको संकल्प यात्राको तेस्रो दिन: आज सिलगढीबाट अछामसम्म

  • शनिबार, मंसिर १६, २०८०
नेकपा एमालेको संकल्प यात्राको तेस्रो दिन: आज सिलगढीबाट अछामसम्म

अछाम —नेकपा एमालेको समृद्धि संकल्प यात्राको तेस्रो दिन आज यात्रा टोली डाेटीकाे सिलगढीबाट अछामकाे साफँबगरमा पुगकाे छ ।।  हिजो डडेलधुराको अमरगढीमा आमसभा सकेर अघि बढेको टोली साँझ डोटीको सिलगढीमा बास बसेको र आज बिहान सिलगढीबाट अछामकाे बैजिनाथमा  पुजा गरेर साँफेबगरमा पुगकाे हाे ।

एक एमाले नेताका अनुसार आज अछामका स्थानीय बासिन्दाहरुसँग अन्तरक्रिया गर्दै टोली अघि बढ्ने छ। बिहानको खाना साँफेबगरमा खाएर साँझको बास अछामको मंगलसेनमा बस्ने गरि यात्रा टाेली अगाडि बढिरहेकाे नेकपा एमालेले जनाएकाे छ ।

आज चौखुट्टे, साँफेबगर र बयलपाटामा स्थानीय बासिन्दा, पार्टी कार्यकर्ताहरुसँग भेटघाट गरेर दिउँसो मंगलसेनमा आयाेजित आमसभासम्म जाने एमालेले बताएकाे छ । उक्त टोलीले आज १ सय ५ किलोमिटर यात्रा गर्ने बताइएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार