बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • समाज
  • हिमाली गाउँपालिकामा बोलेरो जीप दुर्घटनाः एक जनाको मृत्यु, एक घाइते

हिमाली गाउँपालिकामा बोलेरो जीप दुर्घटनाः एक जनाको मृत्यु, एक घाइते

  • बिहिबार, मंसिर १४, २०८०
हिमाली गाउँपालिकामा बोलेरो जीप दुर्घटनाः एक जनाको मृत्यु, एक घाइते

बाजुरा —बाजुराको हिमाली गाउँपालिका ६ धुलाचौर नजिकै बोलेरो जीप दुर्घटना भएको छ । बिहिवार धुलाचाैरबाट काेल्टीतर्फ आउँदै गरेकाे लु १ ज ४८२९ नम्बरको बोलेरो जीप धुलाचौर बजार नजिकै दुर्घटना भएको हो । उक्त बोलेरो जीपमा चालकसहित चार जना सवार रहेका थिए ।

बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । मृत्यु हुनेमा मुगु जिल्लाको खत्याड गाउँपालिका ९ का अन्दाजी २७/ २८ बर्षका मदन सार्की रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक किशोरसिंह ऐरीले बडिमालिका खबरलाई जानकारी दिएका छन ।

उनलाई उपचारका लागि कोल्टी प्राथमिक स्वास्थ्य चौकीमा पुर्याइएको र त्यस लगत्तै अस्पतालले मृत घोषणा गरेको प्रहरी निरीक्षक ऐरीले बताए । त्यस्तै जीपमा सवार जिल्लाको गौमुल गाउँपालिका ३ का अन्दाजी १८/ १९ बर्षका बसन्त धामी घाइते भएका छन । उनको खुट्टामा चोक लागेको र अवस्था सामान्य रहेको प्रहरी निरीक्षक ऐरीले बताए ।

चालकसहित एक जना भने सकुशल रहेको प्रहरीले बताएको छ । जीप चालक खत्याड गाउँपालिका ९ का दल बहादुर लावणलाई प्रहरीको नियन्त्रण लिइसकेको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार