बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • समाज
  • चार महिनामा साँफे–मार्तडी सडक खण्डमा ११ वटा सवारी दुर्घटना

चार महिनामा साँफे–मार्तडी सडक खण्डमा ११ वटा सवारी दुर्घटना

  • मङ्लबार, मंसिर १२, २०८०
चार महिनामा साँफे–मार्तडी सडक खण्डमा ११ वटा सवारी दुर्घटना

बाजुरा —बाजुरामा चार महिनाको अवधिमा १२ वटा सवारी दुर्घटनामा परेका छन । चालु आर्थिक बर्ष ०८०/८१ को चार महिनामा जिल्लाभर १२ वटा सवारी साधन दुर्घटनामा परेका हुन ।

ति मध्ये ११ वटा साँफे- मार्तडी सडक खण्डका विभिन्न स्थानमा मात्रै सवारी दुर्घटनामा परेका जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । त्यस्तै एउटा भने कर्णाली करिडोर अन्र्तगत जिल्लाको जगन्नाथ गाउँपालिका ३ बेर्मा बजार नजिकै मिनि ट्रक दुर्घटनामा परेको थियो ।

त्यस्तै जिल्लामा सोहि अवधिमा सवारी. दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ भने २० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक किशोरसिंह ऐरीले बताएका छन । जिल्लामा सबै भन्दाबढि सवारी दुर्घटना दशै तिहारकाे समयमा भएकाे देखिएकाे छ । दशै सुरु भएदेखि मंसिरकाे पहिलाे सातासम्म ५ वटा सवारी दुर्घटनामा परेका प्रहरीले बताएकाे छ ।

जिल्लाको प्रमुख राजमार्ग साँफे मार्तडी सडक खण्डमै दिनप्रतिदिन सवारी दुर्घटना हुँदा समेत प्रहरीले त्यति चासो नदिएको स्थानियहरुले गुनासो गरेका छन ।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक किशोरसिंह ऐरीले भने उक्त राजमार्ग खण्डमा निरन्तर सवारी चेकजाँच, कारबाही तथा ट्राफिक सचेतना लगायतका कार्यहरु गरिहेको बताएका छन । जिल्लाको तल्लो क्षेत्रमा यस्ता कार्यहरु भइरहेपनि माथिल्लो क्षेत्रमा भने जनशक्तिको अभावले केहि समस्या भएको प्रहरी निरिक्षक ऐरीले बताए ।

प्रहरीको प्रतिवेदन अनुसार सवारी दुर्घटना हुनुको थुप्रै कारणहरु भएपनि धेरै जसो दुर्घटना हुनुकाे कारण तिव्र गतिमा सवारी चलाउनु नै भएको उल्लेख गरिएको छ। यस्तैगरी मादक पदार्थ सेवन गरी सवारी चलाउनु, क्षमता भन्दाबढि यात्रु राख्ने, चालकको लापरवाही, सडकबाटो जिर्ण हुनु, सवारी साधनको यान्त्रिकीकरण ठिक नहुनु लगाएतका कारणले बढि दुर्घटना हुने गरेको बताइएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार