सोमवार, मंसिर १०, २०८१
  • होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • भीमदत्त पन्तको सालिक तोडफोड गर्ने १८ जनाविरुद्ध सार्वजनिक मुद्दा

भीमदत्त पन्तको सालिक तोडफोड गर्ने १८ जनाविरुद्ध सार्वजनिक मुद्दा

  • सोमवार, मंसिर ११, २०८०
भीमदत्त पन्तको सालिक तोडफोड गर्ने १८ जनाविरुद्ध सार्वजनिक मुद्दा

कञ्चनपुर – महेन्द्रनगरमा रहेको सहिद भीमदत्त पन्तको सालिक तोडफोड गरेको आरोपमा पक्राउ परेका १८ जना विरुद्ध मुद्धा दायर गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सहिद भीमदत्त पन्तको सालिक तोडफोड गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी कञ्चनपुरका १८ जना नेता–कार्यकर्ताविरुद्ध मुद्दा दायर गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी कमल थापाले भीमदत्त नगरपालिका– १८ महेन्द्रनगरस्थित सहिदको सालिक तोडफोड गर्ने राप्रपा नेता–कार्यकर्ताविरुद्ध मुद्दा दायर गरिएको जानकारी दिए । उनका अनुसार उनिहरुविरुद्ध सार्वजनिक मुद्दा दर्ता गरेर कानुनी प्रक्रिया अघि बढेको छ । राप्रपा कञ्चनपुरको आयोजनामा शुक्रबार संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्धमा विरोध प्रदर्शन थियो ।

उक्त विरोध प्रदर्शनका कार्यक्रममा सहभागी आन्दोलनकारीले पार्कभित्र रहेको सालिक तोडफोड गरेका थिए । अनुमतिविनै स्थानीय भीमदत्त बाटिका पार्कभित्र प्रवेश गरी उच्छृंखल गतिविधि गरेर सहिदको सालिक तोडफोड गर्ने कार्यविरुद्धमा कारबाही गर्ने प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार