• होमपेज
  • समाचार
  • आजकाे माैसम : उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना

आजकाे माैसम : उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना

  • बिहिबार, मंसिर ७, २०८०
आजकाे माैसम : उच्च पहाडी तथा हिमाली भूभागमा  हिमपातको सम्भावना

बाजुरा– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले बिहान देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ । दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने छ ।

कोशी र गण्डकी प्रदेशको पहाडी भूभागका केही स्थानमा हल्का वर्षा हुनुका साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एकदुई ठाउँमा हिमपातको सम्भावना रहेको महाशाखाले बुलेटिनमार्फत जानकारी गराएको छ । यस्तै, राति देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

महाशाखाले देशभरको तापक्रम क्रमिक रुपमा घटिरहेकाले त्यसबाट हुने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ । आज सूर्योदय बिहान ६ बजेर ३० मिनेटमा हुनेछ भने सूर्यास्त साँझ ५ बजेर ९ मिनेटमा हुनेछ ।

चर्चामा

सम्बन्धित समाचार