शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • काज फिर्ता भएको १ महिना बित्दा पनि अझै गएनन बझाङ जिल्ला नि.अस्पताल प्रमुख जोशी

काज फिर्ता भएको १ महिना बित्दा पनि अझै गएनन बझाङ जिल्ला नि.अस्पताल प्रमुख जोशी

  • शुक्रबार, मंसिर १, २०८०
काज फिर्ता भएको १ महिना बित्दा पनि अझै गएनन बझाङ जिल्ला नि.अस्पताल प्रमुख जोशी

जिल्ला अस्पताल बझाङका नि. कार्यालय प्रमुख तथा डाक्टर नवराज जाेशी काज फिर्ता भएको १ महिना बित्दा पनि अझै गएका छैन। जिल्ला अस्पताल बझाङका निमित्त मेसु डा. नवराज जोशीले मनपरी गर्न थालेको आरोप लागेको छ । डा. जोशीले अल्ट्रासाउन्ड तालिमका लागि स्थायी कर्मचारी पठाउन छोडेर करारका कर्मचारी पठाएको आरोप लागेको हो।

भेरी अस्पताल नेपालगन्ज, बाँकेमा मंसिर १ गते देखी २१ सम्म ग्रामीण अल्ट्रासाउन्ड तालिमका लागि अस्पतालमा कार्यरत एसबिए तालिम प्राप्त नर्सिङ स्वास्थ्यकर्मीबाट एक जनालाई सहभागिताको लागि पठाइदिन अस्पताललाई माग गरिएको थियो ।

अस्पतालका निमित्त मेसु डा. जोशीले २० वर्ष देखि कार्यरत स्थायी कर्मचारी शान्ति अवस्थीलाई तालिममा नपठाई करारमा कार्यरत अनमी सत्यकुमारी खड्कालाई पठाएपछि अस्पतालमा कार्यरत कर्मचारी रुष्ट भएका छन् । ‘ डा. जोशीले मनपरी गर्न थालेका छन,अस्पतालमा काम गर्न थालेको २० वर्ष हुन थाल्यो शान्ति अवस्थीले गुनासो गर्दै भनिन् ‘अल्ट्रासाउन्ड तालिम आए मलाई छनोट गर्नु होला भनेर मैले पहिला देखि नै भन्दै आएकी थिए’ ।

उनले भनिन् ‘डा. जोशीले हुन्छ भन्नु भएको थियो ,नाम पनि मेरै सिफारिस भएको थियो । तर, एक्कासि अर्कोलाई छनोट गरी पठाउन लाग्दा आफूलाई नराम्रो लागेको छ । स्वास्थ्य तालिम केन्द्र धनगढी कैलालीले जिल्ला अस्पताल बझाङलाई सहभागी पठाइदिने बारे पठाएको पत्रमा स्थायी कर्मचारीलाई प्राथमिकता दिन हुन भनी उल्लेख गरेको शान्ति अवस्थीले बताइन् ।
तर, डा. जोशीले अस्पतालमा काम गरिरहेको योग्य र सम्बन्धित क्षेत्रमा काम गरिरहेको कर्मचारीलाई तालिममा पठाएको बताए । उनले भने ‘स्थायी कर्मचारी ढुङ्गो भएपनि पठाउनु पर्छ भन्ने छैन् होला,काम गर्ने मान्छे पठाएको हो,स्थायी कर्मचारीलाई प्राथमिकता भनेको छ,स्थायी मात्र हुनुपर्ने भनेको छैन् ।

उनले भने ‘स्थायी कर्मचारी सबै विदामा छन् अब मैले कसलाई खोजेर दिनु,दसैँ भन्दा अगाडि बिदामा गएका तिहारको बिचमा पनि आउँदैनन्,लामो बिदा लिएर गएका छन्,अवसर उनीहरूले नै पाउनु पर्ने भन्ने गलत स्टिम छ’ । ‘मौका पाउनु पर्ने काम नगर्नु पर्ने मानसिकता भएका कसैले गुनासो ग¥यो होला’ उनले भने ‘योग्य काम गर्ने मान्छे पठाएको छु, तालिम पठाइएको कर्मचारीलाई तालिम लिए पश्चात् दुई वर्ष यही अस्पतालमा काम गर्ने सम्झौता गरेर पठाएको छु ।

त्यस्तै निमित्त मेसु डा.जोशीलाई काज फिर्ता भएको एक महिना हुँदा पनि कार्यालय नछोडेको आरोप पनि लागेको छ । काज फिर्ता भएको एक महिना भइसकेको छ,उहाँले कार्यालय छोड्नु भएको छैन् श्रोतले भन्यो । जिल्ला अस्पताल बझाङमा निमित्त मेसुको रूपमा कार्यरत डा. जोशीको काज फिर्ता भएको एक महिना भन्दा बढी भएको श्रोतको दाबी छ ।

नियमानुसार अहिलेसम्म गइसक्नु पर्ने हो तर खै किन हो काज फिर्ता भएको एक महिना हुँदा पनि जानु भएको छैन श्रोतले भन्यो । डा. जोशीले भने आफ्नो काज फिर्ता भएको स्वीकार गर्दै छिट्टै जान लागेको बताए । उनले भने ‘राम्रोसँग जिम्मेवारी ह्याण्ड ओभर गरेर जाने विचार हो,काज फिर्ता भइसकेको छ,बस्ने कुरा आउँदैन, छिट्टै ह्याण्ड ओभर गरेर जान्छु ।

चर्चामा

सम्बन्धित समाचार